News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनका लागि स्वीकृत आचारसंहितामा एआईको प्रयोग गरी निर्वाचनलाई प्रभाव पार्ने काम नगर्न भनिएको छ।
- आचारसंहितामा सामाजिक सञ्जालमा एआई प्रयोग गरी होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने काम गर्न नहुने उल्लेख छ।
- सूचना/सामग्रीलाई एआई प्रयोग गरी तोडमोड गरेर निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट गर्न नहुने पनि भनिएको छ।
१३ पुस, काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि स्वीकृत गरेको आचारसंहितामा आर्टिफिसियल इन्टिलिजेन्स (एआई)बारे पनि उल्लेख गरिएको छ ।
जसमा एआईको प्रयोग गरी निर्वाचनलाई प्रभाव पार्ने, होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने काम नगर्न भनिएको छ ।
‘सामाजिक सञ्जालमा एआईको प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषणजस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुने’ आचारसंहितामा उल्लेख छ ।
त्यस्तै कुनै एक प्रयोजनका निम्ति प्रकाशित वा प्रसारित सूचना/सामग्रीलाई एआईको प्रयोग गरी/नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरेर सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सनलगायत कार्य पनि गर्न नहुने पनि उल्लेख छ ।
प्रतिक्रिया 4