News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले कैलालीले समानुपातिक सूचीका लागि ५४ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ।
- जिल्ला अध्यक्ष यज्ञराज ढुंगानाले नेताहरूसँग छलफलपछि आकांक्षीको नाम संकलन गरी सिफारिस गरिएको जानकारी दिनुभयो।
- खसआर्य, दलित, आदिवासी जनजाति, थारू र अपांग समूहका विभिन्न व्यक्तिहरूको नाम सिफारिस गरिएको छ।
१३ पुस, धनगढी । नेकपा एमाले कैलालीले समानुपातिक सूचीका लागि ५४ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
जिल्ला अध्यक्ष यज्ञराज ढुंगानाले नेताहरूसँग छलफल र परामर्शपछि आकांक्षीको नाम संकलन गरेर पार्टीको केन्द्रीय कमिटीमा सिफारिस गरिएको जानकारी दिए ।
उनका अनुसार खसआर्य (पुरूष) तर्फ हरिशंकर योगीसहित १७ जना, खसआर्य (महिला) मा कमला ओलीसहित १२ जनाको नाम सिफारिस गरिएको छ ।
दलित पुरूषमा मोति मिजारसहित ८ जना, दलित महिलामा सावित्रा घिमिरे र पवित्रा ताम्राकारको नाम सिफारिस गरिएको छ ।
आदिवासी, जनजाति, थारू राना, थारूको पुरूषमा होरीलाल चौधरीसहित ५ जना, महिलामा इच्छा चौधरीसहित ७ जना, अपांग पुरूषमा रामचन्द्र जोशी र यज्ञराज कापडीको नाम सिफारिस गरिएको अध्यक्ष ढुंगानाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4