+
+
Shares

रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन

कूल ९ लाख २४ हजार ७ सय ६८ कित्ताका लागि खुला गरिएको आईपीओमा अन्तिम समय शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ।
  • कूल ९ लाख २४ हजार ७ सय ६८ कित्ताका लागि खुला गरिएको आईपीओमा ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन परेको छ।
  • आवेदकबाट २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ संकलन भएको छ।

१३ पुस, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्वसाधारणतर्फ मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ ।

कूल ९ लाख २४ हजार ७ सय ६८ कित्ताका लागि खुला गरिएको आईपीओमा अन्तिम समय शुक्रबारसम्म ३ करोड ५ लाख ४ हजार ८ सय कित्ताका लागि आवेदन परेको छ ।

आवेदकबाट २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८ सय ४० रुपैयाँ संकलन भएको छ । नेपालको पूँजीबजारमा यो आवेदन संख्या र संकलित रकम सम्भवतः हालसम्मकै बढी हो ।

कम्पनीले ७ पुसमा निष्कासन गरेको आईपीओको सबैभन्दा ठूलो हिस्सा (सर्वसाधारणतर्फ) को आवेदन खुला गरेको थियो । ११ पुससम्म पूर्ण आवेदन नपरे २१ पुससम्म अवधि लम्बिने भए पनि मागभन्दा अत्यधिक धेरै आवेदन परेपछि आवेदन अवधि लम्ब्याइएन ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडको प्रबन्धकत्वमा खुलेको आईपीओमा पहिलो दिनको ४० मिनेटमै ‘ओभर सब्स्क्राइब’ भएको थियो । त्यसपछि पनि लगानीकर्ताको आकर्षणमा कुनै कमी नआउँदा यसले नेपाली पूँजीबजारमा नयाँ इतिहास रचेको कम्पनीको भनाइ छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबर १९ लाख २६ हजार ६ सय कित्ता सेयर निष्कासन गरेको छ ।

बुक बिल्डिङ विधिबाट प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि बाँडफाँट भइसकेको छ ।

सर्वसाधारण समूहमा निष्कासन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९ सय ६० कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७ सय ६८ कित्ता सर्वसाधारणका लागि खुलेको हो ।

वैदेशिक रोजगारी र सामूहिक लगानी कोषतर्फ यसअघि नै करिब १७ गुणा बढी आवेदन परेकोमा सेयर बाँडफाँट भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?