News Summary
Generated by OK AI. Editorially reviewed.- एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि कात्तिक १९ देखि खुल्ने भएको छ।
- कम्पनीले १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको ४० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।
- आवेदन कात्तिक २३ गतेसम्म मेरोसेयर वा आस्बा सदस्य बैंकबाट दिन सकिनेछ।
११ कात्तिक, काठमाडौं । सर्वसाधारणका लागि एसवाई प्यानलको आईपीओ कात्तिक १९ देखि खुल्ने भएको छ ।
यसअघि वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट भएसकेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको ४० प्रतिशत सेयर अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
जसमध्ये प्रभावित क्षेत्र, वैदेशिक रोजगारमा रहेका नेपाली तथा सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।
न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयर वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । कात्तिक २३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।
यसको मुख्य कार्यालय काठमाडौंको तीनकुनेमा छ । उद्योग रत्ननगर १४ मा पर्दछ । करिब ५० डिलरमार्फत एसवाई प्यानलका वस्तु बिक्री हुने गरेको कम्पनीको दाबी छ ।
अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८१ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ४२ पैसा छ । सञ्चित नाफा १२ करोड १० लाख रुपैयाँ छ ।
प्रतिक्रिया 4