+
+
Shares

कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणलाई खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १०:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालिन्चोक हाइड्रोपावरले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता प्राथमिक सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ।
  • आईपीओमा न्यूनतम १० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ र आवेदन चैत २५ गतेसम्म खुला रहनेछ।
  • कम्पनीको आयोजना दोलखा जिल्लाको साँगुखोलाबाट ५ मेगावाट क्षमतामा निर्माण गरिएको छ र कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ।

२२ चैत, काठमाडौं । आम सर्वसाधारणका लागि कालिन्चोक हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीलाई बाँडफाँटपछि बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो ।

सो आईपीओमा न्यूनतम १० तथा अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ । चैत २५ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई बीबी संकेत प्रदान गरेको छ। यसले कम्पनीको दायित्व पूरा गर्न केही कमजोर मध्यमस्तरमा रहेको जनाउँछ । आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत यसमा आवेदन दिन सकिनेछ ।

कम्पनीले दोलखा जिल्लामा बग्ने साँगुखोलाबाट ५ मेगावाट क्षमतामा आयोजना निर्माण गरेको छ ।

आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको छ । साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता अवधि १५.३६ वर्ष छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?