+
+
Shares

धितोपत्र बोर्डले दुई कम्पनीलाई दियो आईपीओ निष्कासनको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले सोपान फर्मास्युटिकल्स कम्पनी र याम्बालिङ हाइड्रोपावरलाई प्राथमिक सेयर निष्कासनको अनुमति दिएको छ।
  • सोपानले अंकित मूल्य १ सयका दरले ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ।
  • याम्बालिङले अंकित मूल्य १ सयका दरले २८ लाख कित्ता सेयर निष्कासन गर्नेछ र सिन्धुपाल्चोकमा ७.२७ मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाएको छ।

१७ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ ।

कम्पनीले आइतबार सोपान फर्मास्युटिकल्स कम्पनी र याम्बालिङ हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

सोपानले अंकित मूल्य १ सयका दरले ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा लागि निष्कासन गर्नेछ । जसको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । सोपानले विभिन्न औषधि उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

त्यस्तै याम्बालिङ अंकित मूल्य १ सयका दरले २८ लाख कित्ता सेयर निष्कासन गर्नेछ । जसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । याम्बालिङले सिन्धुपाल्चोक जिल्लामा ७.२७ मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?