News Summary
Generated by OK AI. Editorially reviewed.- खाडी सहयोग परिषद् (जीसीसी) का प्रमुख जासेम अल-बुदैवीले ओमानको दुक्म बन्दरगाहमा भएको इरानी आक्रमणको कडा निन्दा गर्नुभएको छ।
- उहाँले यस आक्रमणलाई 'गम्भीर उल्लंघन र क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने एक खतरनाक सैन्य उत्तेजना' भनेका छन्।
- उहाँले सबै पक्षलाई संयमता अपनाउन र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न जोड दिनुभएको छ।
१७ फागुन, काठमाडौं । खाडी सहयोग परिषद् (जीसीसी) का प्रमुख जासेम अल-बुदैवीले ओमानको दुक्म बन्दरगाहमा भएको इरानी आक्रमण र ओमानको तट नजिकै एउटा तेल ट्यांकरलाई निशाना बनाइएको घटनाको कडा निन्दा गरेका छन् ।
उनले यस कार्यलाई ‘गम्भीर उल्लंघन र क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने एक खतरनाक सैन्य उत्तेजना’ को संज्ञा दिएका छन् ।
यी कदमहरूलाई ‘अस्वीकार्य उक्साहट’ भन्दै उनले यसले खाडी क्षेत्रको स्थिरतालाई कमजोर बनाउने बताए र सबै पक्षलाई संयमता अपनाउन तथा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4