+
+
Shares

प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १३:५३
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भुजुङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) ३ पुसदेखि वैदेशिक रोजगारमा रहेका र स्थानीय प्रभावितका लागि खुलेको छ।
  • कम्पनीले १ अर्बको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको आईपीओ सर्वसाधारण समूहका लागि छुट्याएको छ।

३ पुस, काठमाडौं । भुजुङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बिहीबारदेखि खुलेको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका र स्थानीय प्रभावितका लागि आईपीओ खुलेको हो । कम्पनीले जारी पूँजी १ अर्बको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको २० लाख कित्ता आईपीओ सर्वसाधारण समूहका लागि छुट्याएको छ ।

जसमा १० लाख कित्ता सेयर लमजुङ जिल्लाको  क्व्लासोथार गाउँपालिकाको वडा नम्बर ४ बढी प्रभावित र अन्य प्रभावितमा १, २, ३, ५, ६,७,८ र ९ का बासिन्दालाई छुट्याइएको छ ।

त्यस्तै १ लाख कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ । न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । प्रभावितले छिटोमा पुस १७ गतेसम्म र ढिलोमा माघ २ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकाले पुस ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बिक्री प्रवन्धकमा कुमारी क्यापिटल रहेके छ । गत आर्थिक वर्षसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ छ । प्रतिसेयर आम्दानी १०.८१ रुपैयाँ ऋणात्मक छ ।

कम्पनीले ७.५ मेगावाटको माथिल्लो मिदिम् जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । जसको प्रतिमेगावाट लागत २४ करोड ९० लाख रुपैयाँ रहेको छ । इक्रा नेपालबाट बी प्लस रेटिङ पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?