
News Summary
Generated by OK AI. Editorially reviewed.- श्रीनगर एग्रिटेक कम्पनीले २६ असोजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुलाएको छ।
- कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ।
- आईपीओमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ र आवेदन मेरोसेयर तथा बैंकबाट दिन सकिन्छ।
२६ असोज, काठमाडौं । आम सर्वसाधारणका लागि आइतबारदेखि श्रीनगर एग्रिटेक कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।
यसअघि प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुलेको बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ । आईपीओमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ।
जसमध्ये उद्योग प्रभावित क्षेत्र, वैदेशिक रोजगारमा रहेका तथा म्युचुअल फन्ड र कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । अनलाइन प्रणाली मेरोसेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा कम्पनीको कारोबार स्थान हो । कम्पनीले पशुपन्छी तथा माछाको दाना, आहार उत्पादन गर्दै आएको छ । त्यस्तै मासु प्रशोधन तथा शीत भण्डार स्थापना गर्ने लक्ष्य लिएको छ । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ६८ पैसा छ । सञ्चित नाफा २ करोड १९ लाख रुपैयाँ छ ।
प्रतिक्रिया 4