+
+
Shares

कांग्रेस महाधिवेशनमा पेशागत संघ-संस्थालाई पूर्ण प्रतिनिधित्वको माग

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई मतदानको अधिकारसँगै उम्मेदवार बन्ने अधिकार दिनुपर्ने माग उठेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शुभेच्छुक पेशागत संघ–संस्थालाई मतदान र उम्मेदवार बन्ने अधिकार दिनुपर्ने माग उठेको छ।
  • नेपाल प्रेस युनियनको बैठकमा कांग्रेसले पेशागत संघसंस्थालाई नीति निर्माणमा उचित महत्त्व नदिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
  • बैठकले कांग्रेसलाई राष्ट्रिय सभा निर्वाचनमा पत्रकार, वकिल, डाक्टर, प्राध्यापक, इन्जिनियर र शिक्षकलाई उम्मेदवार बनाउन आग्रह गरेको छ।

३ पुस, काठमाडौँ । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई मतदानको अधिकारसँगै उम्मेदवार बन्ने अधिकार दिनुपर्ने माग उठेको छ ।

नेपाल प्रेस युनियनले आयोजना गरेको बैठकमा लोकतन्त्रप्रति आस्थावान पेशागत संघ–संस्थाका प्रतिनिधिहरूले कांग्रेसले यस्ता संस्थालाई नीति निर्माणमा उचित महत्त्व नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सहभागीहरूले कांग्रेसले पेशागत संघसंस्थालाई थिङ ट्याङ्कको रुपमा समावेश नगरेको भन्दै आपत्ति जनाए ।

उनीहरूले पार्टीले यस्ता संस्थालाई सदैव शुभेच्छुक र मतदाता मात्र ठानेको तथा महाधिवेशनमा मतदानको अधिकार दिएर उम्मेदवारीबाट वञ्चित गरिनु लोकतान्त्रिक नभएको बताए ।

सहभागीहरूले बुद्धिजीवीहरूको छुट्टै क्लस्टर व्यवस्था गरी केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पनि माग गरे ।

यसै सन्दर्भमा आसन्न राष्ट्रिय सभा निर्वाचनलाई माध्यम बनाएर पेशागत संघ–संस्थाका प्रतिनिधिलाई उम्मेदवारीमा प्राथमिकता दिन कांग्रेसलाई आग्रह गरिएको छ । राष्ट्रिय सभा विज्ञहरूको सभा भएको स्मरण गर्दै पत्रकार, वकिल, डाक्टर, प्राध्यापक, इन्जिनियर र शिक्षकलाई राष्ट्रिय सभा तथा प्रतिनिधिसभामा समेत उम्मेदवार बनाउन दबाव दिने निर्णय बैठकले गरेको छ ।

बैठकपछि नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘कांग्रेसले पेशागत विज्ञहरूलाई राष्ट्रिय सभामा उचित प्राथमिकता दिनुपर्छ ।’

बैठकमा डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसी, प्रजातन्त्रवादी चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का रविभूषण झा, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना र नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीको सहभागिता थियो।

कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा पेशागत संस्थाहरूको यो मागले पार्टीभित्र नयाँ छलफल सुरु हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?