+
+
Shares

समानुपातिक उम्मेदवार : बालेन पक्षको भागमा ४० जना

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १३:२९

१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन शाहको भागमा ४० जना पर्ने भएका छन् । रवि लामिछाने र बालेनबीच आइतबार बिहान यो सहमति भएको हो ।

निर्वाचन आयोगमा आज र भोलि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्द सूची बुझाउने कार्यक्रम छ । समानुपातिकतर्फ ११० जनाको नाम बुझाउनु पर्छ । त्यसमा बालेन शाह पक्षका ४० र बाँकी रास्वपाका उम्मेदवारहरुको नामावली बुझाउने सहमति भएको स्रोतले बतायो ।

रास्वपा र बालेनबीच आइतबार बिहान भएको ७ बुँदे सम्झौता पत्रमा यो विषय उल्लेख भने छैन । तर यसबारे मौखिक समझदारी भएको स्रोतले बतायो ।

‘समानुपातिकतर्फ बालेनजीलाई ४० जनाको नाम ल्याउनुस् भनिएको छ,’ स्रोतले भन्यो, ‘रास्वपाका बाँकी ७० जना हुन्छन् ।’ विभिन्न जेनजी समूहका अगुवा पनि बालेनको सूचीमा पर्ने स्रोतको भनाइ छ ।

रास्वपाले समानुपातिक सांसद उम्मेदवार चयन गर्न आन्तरिक भोटिङ चलाइरहेको छ । त्यसमा लोकप्रिय मत पाउनेलाई उम्मेदवार बनाउने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?