+
+
Shares

रास्वपासँग सहमति गर्नुअघि कुलमानलाई भेट्दै बालेन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते १०:०७
फाइल तस्वीर

१२ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपासँग)को सहमतिमा हस्ताक्षर गर्नुअघि घिसिङ र बालेनबीच भेटवार्ता हुने भएको हो ।

बालेननिकट स्रोतका अनुसार उनी शनिबार गोदाबारीबाट निस्किएर सिधै कुलमान भेट्न निस्किएका हुन् ।

कुलमान घिसिङनिकट स्रोतले पनि बालेन र घिसिङबीच भेटवार्ता हुने पुष्टि गरेको छ ।

शुक्रबार राति बालेन आफूनिकटका व्यक्तिहरुसँग गोदाबारीमा थिए । सामाजिक संजालमा रवि-बालेन र कुलमानबीच गए राति भेट भएको चर्चा रहे पनि शुक्रबार राति बालेन, भुपदेव शाह, कुमार बेन, केपी खनाललगायतका व्यक्तिसँग गोदाबारीमै रहेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?