१० पुस, काठमाडौँ । ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच वार्ता जारी छ ।
निर्णायक भनिएको उक्त छलफल पार्टी राजनीतिमा कसरी सहकार्य गर्ने, एउटै पार्टीबाट सक्रिय हुने या के गर्ने भन्ने विषय केन्द्रित रहेको उनीहरू निकट नेताले बताएका छन् ।
आफ्ना सहयोगी कुमाल बेनको निवास ज्वागलमा दिनभर वैकिल्पक भनिएका नयाँ दलका नेता तथा केही पुराना र स्वतन्त्र व्यक्तिहरूसँग बालेनले छलफल गरेका थिए ।
१२ घण्टासम्म ज्वागलमा बसेर राजनीतिमा आएको जानकारी दिएका बालेन अहिले कुलमानसँग छलफल गरिरहेका छन् । उनीहरूबीचको छलफल कहाँ भइरहेको छ भन्ने खुलाइएको छैन ।
प्रतिक्रिया 4