News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको दुहबी–३ मा मुस्तफा सेखले घरायसी विवादमा श्रीमती खुस्बु खातुनलाई पेट्रोल छर्केर आगो लगाएका छन्।
- खुस्बुलाई प्राथमिक उपचारपछि विराटनगरस्थित पारस अस्पताल लगिएको छ।
- मुस्तफा सेखलाई श्रीमतीलाई आगो लगाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
१० पुस, विराटनगर । सुनसरीको दुहबी नगरपालिका–३ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएका छन् ।
बिहीबार दिउँसो दुहबी–३, मुक्तिनाथ मन्दिर नजिक बस्ने ३३ वर्षीय मुस्तफा सेखले घरायसी विवादका क्रममा २८ वर्षीया श्रीमती खुस्बु खातुनको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टाेलीले खुस्बुलाई तत्काल उद्धार गरी उपचारका लागि दुहबीस्थित सामुदायिक अस्पताल पठाएको थियो ।
सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित पारस अस्पताल लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र खड्काका अनुसार घाइते खातुनको दुवै हात, घाँटी, छाती र अनुहार जलेको छ ।
श्रीमतीलाई आगो लगाएकाे आराेपमा मुस्तफा सेखलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4