News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको तमिलनाडुमा बुधबार राति सडक दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ।
- तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतक परिवारलाई तीन–तीन लाख र घाइतेलाई एक–एक लाख रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ।
- कर्नाटकको चित्रदुर्ग जिल्लामा भएको अर्को सडक दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु र २४ जना घाइते भएका छन्।
१० पुस, काठमाडौं । भारतको तमिलनाडुमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।
कुड्डालोर ल्लिाको एलुथुर गाउँमा पर्ने त्रिची–चेन्नई नेशनल हाईवेमा बुधबार राति भएको सडक दुर्घटनामा परी नौ जनाको मृत्यु भएको हो ।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले दुर्घटनामा परी मृत्यु भएका नागरिकप्रति शोक व्यक्त गरेका छन् । उनले मुख्यमन्त्री सार्वजनिक राहत कोषबाट मृतकका परिवारलाई तीन–तीन लाख रूपैयाँ र गम्भीर घाइते भएकालाई जनही एक–एक लाख रूपैयाँ आर्थिक सहयोग गरिने घोषणा गरेका छन् ।
स्थानीय खबरअनुसार बुधबार राति त्रिचीबाट चेन्नई जाँदै गरेको सरकारी बसको अघिल्लो टायर अचानक पड्किएरपछि दुईवटा कारसँग ठोक्किएको बीबीसीले जनाएको छ ।
बुधबार राति नै कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडह दुर्घटनामा कम्तीमा पनि ११ जनाको मृत्यु भएको थियो । अन्य २४ जना घाइते भएका छन् ।
प्रतिक्रिया 4