News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुरा जिल्लामा दिउँसो २ बजेसम्म ४२ दशमल २ प्रतिशत मत खसेको छ।
- जिल्लाभर ३७ हजार ३ सय ५३ मत खसेको र ११८ मतदान केन्द्रमा मतदान जारी छ।
- प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले शान्तिपूर्ण मतदान र कडा सुरक्षा व्यवस्था भएको बताउनुभयो।
२१ फागुन, बाजुरा । बाजुरा जिल्लामा दिउँसो २ बजेसम्म ४२ दशमल २ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन जिल्ला निर्वचन अधिकारी भिम बहादुर शाहीका अनुसार २ बजेसम्म जिल्लाभर ३७ हजार ३ सय ५३ मत खसेको छ ।
एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा जिल्लाभरका एक सय १८ वटै मतदान केन्द्रमा मतदान जारी छ । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लाका सबै मतदान केन्द्रमा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको र सुरक्षा व्यवस्था समेत कडा पारिएको बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा कुल ८७ हजार ८६१ मतदाता रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4