+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बाजुरा : मातृशोकका बिच चुनावी मैदानमा थापा

चुनावी मैदानमै रहेका बेला थापाले मातृशोक पनि बेहोर्नुपरेको छ ।  उनकी आमा कलसी थापाको माघ २५ गते ८९ वर्षको उमेरमा निधन भएको छ ।

लक्ष्मीराज पाध्याय लक्ष्मीराज पाध्याय
२०८२ फागुन ३ गते १७:२८

३ फागुन, बाजुरा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा केन्द्रीय सदस्य लालबहादुर थापालाई उम्मेदवार बनाएको छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएर संसद् पुगेका थापा यसपटक फेरि बाजुराको प्रत्यक्ष चुनावी मैदानमा छन् । र, उनी नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरिसँगै मुख्य दाबेदारमध्ये पर्छन् ।

चुनावी मैदानमै रहेका बेला थापाले मातृशोक पनि बेहोर्नुपरेको छ ।  उनकी आमा कलसी थापाको माघ २५ गते ८९ वर्षको उमेरमा निधन भएको छ । चुनावी चटारो चलिरहेका बेला आमाको निधनले थापाको आँगनमा शोकको वातावरण छ ।

यही कारण उनी सामाजिक संस्कारको कर्तव्य पूरा गर्दै चुनावी प्रचारका काम गरिरहेका छन् । आमाकै प्रेरणाले समाज सेवामा लागेकाले शोकमा पनि चुनावी अभियानमा जुटेको थापा बताउँछन् ।

‘आमाले सधैँ जनताको सेवा गर्न सिकाउनुभयो, त्यसैले उहाँकै प्रेरणाले म अभियानमा फर्किएँ,’ थापाले गाउँमा भएको एक चुनावी कार्यक्रममा भने । थापाले आफ्नी आमा अनुशासन र इमानलाई सर्वोपरि ठान्ने महिला रहेको बताए ।

बाजुरा भौगोलिक विकटताको पर्यायका रूपमा चिनिने जिल्ला हो । यहाँ उम्मेदवारहरूले सडक, स्वास्थ्य सेवा, शिक्षा र रोजगारीका सवाल नै मुख्य चुनावी एजेन्डा बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?