+
+
Shares

चुनाव भए भाग लिन्छौं, वातावरण अझै बनेजस्तो लाग्या छैन : ओली

‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा अझै बनेको जस्तो देखिँदैन,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १३:४१

३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावको वातावरण तय भइसकेको जस्तो नदेखिएको बताएका छन् ।

आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले चुनावको वातावरणबारे यसै भन्न सकिने अवस्था नरहेको बताए ।

चुनाव भएको खण्डमा आफ्नो पार्टीले भाग लिने पनि उनले बताए ।

‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि,’ उनले भने । सो क्रममा उनलाई सञ्चारकर्मीले सोध, ‘तपाईं के देख्नुहुन्छ ?’

जवाफमा ओलीले भनेका छन्, ‘चुनाव त हुन्छ भन्ठान्छु अब ।’

चुनावको वातावरणबारे सरकारले नै धेरै कुरा थाहा पाउनुपर्ने उनले बताए । ‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा अझै बनेको जस्तो देखिँदैन,’ उनले भने ।

आफू चुनावी अभियानका क्रममा उनले सकेसम्म सबै ठाउँमा पुग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?