+
+
Shares

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट ४ महिनामा ६२ को मृत्यु

२०८२/८३ को साउनदेखि कात्तिकसम्म पाँच ७९ सवारीसाधन दुर्घटना भएका छन् भने त्यसमा परेर ४३ पुरुष, १६ महिला र ३ बालबालिकाले ज्यान गुमाएका छन्।

जनक विष्ट जनक विष्ट
२०८२ कात्तिक २८ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशमा साउनदेखि कात्तिकसम्म ६२ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।
  • चार महिनामा ५७९ सवारीसाधन दुर्घटना भएका छन्, जसमा ३३७ मोटरसाइकल छन्।
  • ९० प्रतिशत दुर्घटना चालकको लापरवाहीका कारण भएको ट्राफिक प्रहरीले जनाएको छ।

२७ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो चार महिनामा भएका सवारी दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको छ ।

चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्म भएका विभिन्न सवारी दुर्घटनामा ६२ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार प्रदेशभर भएका दुर्घटनामा अन्य सात सय ९५ जना घाइते भएका छन् । तीमध्ये चार सय ३० जना गम्भीर घाइते छन् ।

ट्राफिक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले चार महिनामा साना तथा ठूला गरेर पाँच ७९ सवारीसाधन दुर्घटनामा परेको तथ्यांक रहेको जानकारी दिए ।उनकाअनुसार ती दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा धेरै पुरूष छन् ।

४३ जना पुरूषको मृत्यु हुँदा १६ महिला र तीन बालबालिका रहेको डीएसपी जोराले बताए । गम्भीर घाइते भएका चार सय ३० जना मध्ये दुई सय ७७ पुरूष, ९६ महिला, ३३ बालक र २४ बालिका छन् ।

सामान्य घाइते तर्फ समेत पुरूषकै संख्या बढि देखिन्छ । दुई सय ५० पुरूष, ७१ महिला,  २७ बालक र १७ बालिका रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनाको संख्या धेरै

चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा भएका सवारी दुर्घटनामा सबैभन्दा बढि मोटरसाइकल रहेका छन् ।

प्रदेश ट्राफिक प्रहरीको तथ्यांकअनुसार पाँच सय ७९ सवारीसाधन मध्ये तीन सय ३७ मोटरसाइकल मात्र दुर्घटना भएका छन् । जीप र कार ६६, अटो, टेम्पो ४७ वटा, २१ वटा बस, १९ वटा ट्याक्टर, माइक्रो १३ र ९९ वटा अन्य सवारीसाधन रहेका छन् ।

साउनमा सबैभन्दा धेरै एक सय ७५, असोजमा एक सय ५४, भदौमा एक सय ३८ र कात्तिकमा एक सय १२ सवारीसाधन दुर्घटना भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले ९० प्रतिशत सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको पाइएको बताए ।

विगतमा सवारीसाधनको यान्त्रिक गडबडीका कारण हुने दुर्घटनामा भने कमी आएको बताउँदै उनले तराई क्षेत्रमा छाडा चौपाया र पहाडमा कच्ची  सडक प्रमुख कारणका रूपमा रहेको बताए ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?