+
+
Shares

सिभिल अस्पताल अगाडि जिप र मोटसाइकल ठोक्किए, एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते २३:३५

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किएका छन् । सिभिल अस्पताल अगाडि इम्बोस्ड नम्बर प्लेटको बागमती प्रदेश बी एडी ०३६५ नम्बरको स्कारपियो र बा ४१ प ४०१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनाको प्रारम्भिक विवरण अनुसार मोटरसाइकल चालक घाइते भएका छन् । दुर्घटनास्थलबाट उद्धार गरेर सिभिल अस्पताल लगिएको छ ।

सिभिल अस्पतालको मुख्य गेट अगाडिको सडकको पल्लोपट्टि रहेको यातायात व्यवस्था विभाग कार्यालयतर्फको लेनबाट मुख्य लेनमा प्रवेश गर्दै गरेको स्करपिओसँग बानेश्वर चोकतिर तिनकुनेतर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किएको थियो ।

स्कारपिओ र स्कारपिओ चालकलाई बानेश्वर प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ । मोटरसाइकललाई पनि प्रहरी भ्यानमा राखेर बानेश्वर वृत्तमै लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?