News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडी जिल्लामा २ सय १५ मतदान केन्द्रबाट दिउँसो २ बजेसम्म ४८ हजार ५१४ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।
- जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन् र दिउँसो २ बजेसम्म लगभग ३१ प्रतिशत मतदान भएको अनुमान गरिएको छ।
- मतदान बिहान ७ बजेदेखि दिउँसो ५ बजेसम्म जारी रहनेछ र हालसम्म कुनै उल्लेखनीय घटना नभएको र मतदान सामान्य रूपमा भइरहेको छ।
बैतडी । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा ४८ हजारभन्दा बढी मत खसेको छ । जिल्लाका २ सय १५ मतदान केन्द्रबाट दिउँसो २ बजेसम्म बजेसम्म ४८ हजार ५१४ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।
जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्। यसअनुसार, दिउँसो २ बजेसम्म लगभग ३१ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। मतदान बिहान ७ बजेदेखि सुरु भई दिउँसो ५ बजेसम्म जारी रहनेछ।
हालसम्म कुनै पनि मतदान केन्द्रमा उल्लेखनीय घटना नभएको र मतदान सामान्य तथा शान्तिपूर्ण रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदाताहरू ठूलो संख्यामा मतदान केन्द्रमा पुगिरहेका छन्।
मतदानको प्रगति निरन्तर अनुगमन भइरहेको छ। थप विवरण तथा अद्यावधिक तथ्यांक क्रमशः सार्वजनिक गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4