+
+
Shares

अपर त्रिशूली-१ मा कार्यरत कञ्चनपुरका एकै गाउँका ४ युवा सम्पर्कविहीन, शोकमा देखतभुली

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा–भोटेकोशीको भीषण बाढीमा परी अपर त्रिशूली–१ जलविद्युत् परियोजनामा कार्यरत कञ्चनपुरका चार युवा दुई सातादेखि सम्पर्कविहीन छन् ।
  • सम्पर्कविहीन हुनेमा लालझाडी–५ का पदमसिंह साउद र कृष्णपुर–३ का कालु राना, रिकेश राना र क्रेशन राना छन् ।
  • परिवारले उनीहरूको खोजी तीव्र पारिदिन र अवस्था सार्वजनिक गरिदिन सरकार, स्थानीय प्रशासन र सरोकारवालासँग आग्रह गरेका छन् ।

२१ भदौ, काठमाडौं । रसुवा–भोटेकोशीमा आएको भीषण बाढीमा परी कञ्चनपुरको एउटै गाउँका चार जना युवा अझैसम्म पनि सम्पर्कविहीन छन् ।

रसुवास्थित अपर त्रिशूली- १ जलविद्युत् परियोजनामा कार्यरत चारै जना कञ्चनपुरको देखतभुलीका युवा हुन् । लालझाडी गाउँपालिका वडा नम्बर ५ का पदमसिंह साउद (४३ वर्ष), कृष्णपुर नगरपालिका-३ का कालु राना (३० वर्ष), रिकेश राना  (२९ वर्ष) र क्रेशन राना (२३ वर्ष) वेपत्ता छन् ।

पारिवारिक स्रोतका अनुसार बाढी जानु अघि उनीहरू नाइट ड्युटी सकेर बिहान सुतिरहेको बताइएको छ । बाढीपछि सम्पर्क हुन सकेको छैन । बाढी आएको दुई साता बितिसक्दा समेत उनीहरूको अवस्था अज्ञात रहेको परिवारजनले बताएका छन् ।

उनीहरू कोही पनि परिवारको सम्पर्कमा छैनन् । एकसाथ चार युवा सम्पर्कविहीन हुँदा सिङ्गो गाउँ नै शोकमा डुबेको लालझण्डी ५ का वडाध्यक्ष पहलबहादुर थापाले बताए ।

हालसम्म पनि सम्पर्कमा नआउँदा पीडित परिवार यतिबेला निकै चिन्तित रहेको उनले बताए । परिवारले खोजी कार्य तीव्र पारिदिन र उनीहरूको अवस्था सार्वजनिक गरिदिन सरकार, स्थानीय प्रशासन, र सरोकारवाला सबै पक्षसँग आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?