१७ कात्तिक, धनगढी । धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा घर पोत्नका लागि माटो लिन गएकी स्थानीय ३९ वर्षीया कवितादेवी चौधरीको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
सोमबार साँझ करिब ५ बजे माटो खन्ने क्रममा एक्कासी ढिस्को खस्दा उनी पुरिएर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि नवजीवन अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4