+

एनपीएल सिजन-३ मा लोकेशको दोस्रो अर्धशक

२०८३ कात्तिक  १७ गते १४:१२ २०८३ कात्तिक १७ गते १४:१२

यसअघि कर्णाली याक्स विरुद्धको खेलमा लोकेशले ५२ बलमा ३ चौका र ९ छक्का मदतमा ८७ रन बनाएका थिए ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर किंग्सका ओपनर लोकेश बमले टीयू मैदानमा जनकपुर बोल्ट्सविरुद्ध नेपाल प्रिमियर लिगमा दोस्रो अर्धशतक प्रहार गरे ।
  • लोकेशले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।
  • उनले दोस्रो विकेटका लागि इमरान शेखसँग १०७ रनको साझेदारी गरे, र शेखले पनि ५६ रन बनाए ।

१७ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका ओपनर लोकेश बमले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो अर्धशतक प्रहार गरेका छन् ।

टीयू मैदानमा भइरहेको वजनकपुर बोल्ट्सविरुद्धको खेलमा लोकेशले आफ्नो दोस्रो अर्धशतक बनाएका हुन् । उनले ३९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

यसअघि कर्णाली याक्स विरुद्धको खेलमा लोकेशले ५२ बलमा ३ चौका र ९ छक्का मदतमा ८७ रन बनाएका थिए ।

ओपनर लोकेशले दोस्रो विकेटका लागि इमरान शेखसँग १०७ रनको साझेदारी गरेका थिए । इमरान शेखले पनि यस खेलमा अर्धशतक प्रहार गरेका थिए । शेखले ५६ रन बनाए ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय