News Summary
Generated by OK AI. Editorially reviewed.- डडेल्धुरामा झाडापखाला लागेका ७ वर्षीय बालक युवराज बुढामगरको उपचारका क्रममा बाटोमै मृत्यु भएको छ।
- स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले बालकको झाडापखलाका कारण मृत्यु भएको पुष्टि गरेका छन्।
- मृतककी आमा र अन्य तीन बालबालिकाको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य छ।
१३ वैशाख, धनगढी । डडेल्धुरामा झाडापखाला लागेका बालकको मृत्यु भएको छ । झाडापखला लागेका परशुराम नगरपालिका–२ का ७ वर्षीय बालक युवराज बुढामगरको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले नगरपालिकाको स्वास्थ्य शाखालाई उद्धृत गर्दै बुढामगरको झाडापखलाका कारण मृत्यु भएको पाइएको बताए ।
उनकाअनुसार बालकले उसिनेको आलु खाएपछि पखला लागेको थियो ।
उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको पाइएको छ ।
मृतककी आमा र अन्य तीन बालबालिकाको भने जोगबुढा अस्पतालमा उपचार भइरहेको छ ।
स्वास्थ्य कार्यालयकाअनुसार अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4