+
+

कञ्चनपुरमा ५ लाख रुपैयाँ बढी मूल्य बराबरको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १३:०४

१४ कात्तिक, धनगढी । कञ्चनपुरमा सवा पाँच लाख मूल्य बराबरको अवैध सामान बरामद भएको छ ।

शुक्रबार  दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले भीमदत्त नगरपालिकाको भाँसीबाट अवैध सामान बरामद गरेको हो ।

मोबाइल कभर, स्विच, स्विच बोर्ड लगायत गरेर पाँच लाख १३ हजार बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्गमा गाडीमा सामान लोड गर्न राखेको अवस्थामा बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय बुझाइने प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?