
२९ साउन, धनगढी । बाजुराको हिमाली गाउँपालिका-१ को विछ्यामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालयले विछ्यास्थित खोलामा बुधबार साँझ एक्कासी आएको बाढीले वडा कार्यालय, विछ्या माध्यमिक विद्यालयको भवनमा क्षति पुर्याएको जनाएको छ । खोला वरपर रहेका निजी घर र खेत समेत बगाएको छ ।
तर, क्षतिको यकिन विववरण नआएको बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीले बताए ।
उनकाअनुसार प्रहरी टोली विछ्यातर्फ प्रस्थान गरिसकेको छ । मानवीय क्षति भएको खबर नभएको डीएसपी हवारीले बताए ।
बुधबार विछ्यामा वर्षा भएको थिएन । आज भने जिल्लाभर नै पानी परिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4