+
+
Shares

कैलालीमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते ७:१३

९ साउन, धनगढी । कैलालीमा अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–८ स्याउलेबाट अवैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २६ वर्षीय राजकुमार चौधरी र २३ वर्षीय चन्द्र चौधरी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले बताए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी बिट स्याउलेबाट खटिएको संयुक्त टोलीले दुवैको घरमा खानतलासी गर्दा बन्दुक बरामद गरिएको चन्दले बताए ।

बरामद दुई वटै बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?