+
+
Shares

कैलालीमा घर नजिकै मृत भेटिइन् सुत्केरी, १६ दिनको शिशु सकुशल

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दका अनुसार सुत्केरी तुलसी नाथ घरको मूल गेट अगाडिको नालामा मृत भेटिएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते ९:०१
घटनास्थल सिल गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको गौरीगंगा नगरपालिका–७ मा १९ वर्षीया तुलसी नाथ मृत फेला परिन्।
  • प्रहरीले मृतक सुत्केरी रहेको र घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
  • उनको १६ दिनको छोरा भने सामान्य अवस्थामा भेटिएको छ।

६ असार, धनगढी । कैलालीमा एक सुत्केरी मृत फेला परेकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीया तुलसी नाथ मृत फेला परेकी हुन् । उनको १६ दिनको शिशु (छोरा) भने सामान्य अवस्थामै भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले घर नजिकै तुलसी नाथ मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी अवस्थाकी भएको खुलेको बताए ।

उनी घरको मूल गेट अगाडिको नालामा मृत भेटिएको बताउँदै घटनास्थल सिल गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?