
News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको घोडाघोडी नगरपालिका–४ गैंडाखेडामा आगलागीले करिब २५ लाख रुपैयाँ बराबरको धनमाल जलेको छ।
- आगलागीले एक घर, गोठ र अन्य सम्पत्ति जलेर नष्ट भएका छन् र यसको कारण अझै खुल्न सकेको छैन।
- प्रहरी र स्थानीय बासिन्दाको सहयोगले आगो नियन्त्रणमा आएको भए पनि यसको कारण अझै अनुसन्धान भइरहेको छ।
२ जेठ, काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–४ गैंडाखेडामा आगलागीमा परेर धनमाल नष्ट भएको छ ।
आगलागीबाट एकेन्द्र शाहीको कच्ची घर, मदन बुढाको कच्ची घर र गोठ, डबल ठगुन्नाको कच्ची गोठ र विष्णु पाण्डेको कच्ची घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार बिहान भएको आगलागीमा करिब २५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जनाएको छ ।
आगलागीको खबर पाएपछि प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4