 
																			२६ कात्तिक, धनगढी । दार्चुलामा दुई लाख रुपैयाँभन्दा बढी रकमसहित ८ जना जुवाडे पक्राउ परेका छन् ।
आइतबार साँझ मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका २५ वर्षीय किसन सिंह धामीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार उनीहरुको साथबाट दुई लाख ३२ हजार ३७० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4