+
+
Shares

बाजुरामा खोलाको बाढीले दुईवटा घर बगायो

खोला आसपासका बासीलाई सतर्क रहन आग्रह

बाढीले झोलुङ्गे पुल र बिच्छ्या माविमा पनि क्षति पुगेको गाउँपालिका वडा नम्बर १ का वडा सचिव सन्जिव चौधरीले जानकारी दिए । उनका अनुसार वडा कार्यालय पनि जोखिममा परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते २२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ।
  • बाढीले झोलुङ्गे पुल, बिच्छ्या मावि र वडा कार्यालयमा क्षति पुगेको वडा सचिव सन्जिव चौधरीले जानकारी दिए।
  • गाउँपालिकाले कुवाडी खोला आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ र मानवीय क्षति नभएको बताएको छ।

२८ साउन, काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ । आज बेलुकी सात बजेतिर आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको हो ।

बाढीले झोलुङ्गे पुल र बिच्छ्या माविमा पनि क्षति पुगेको गाउँपालिका वडा नम्बर १ का वडा सचिव सन्जिव चौधरीले जानकारी दिए । उनका अनुसार वडा कार्यालय पनि जोखिममा परेको छ ।

गडगडाउँदै बाढी आएपछि खोला किनारका बासिन्दा भागेर अग्लो ठाउँतिर गएका थिए । पानी परिरहेकाले बाढी अझै बढ्ने र थप क्षति हुनसक्ने आशंकाले स्थानीय त्रसित छन् ।

गाउँपालिकाका जनप्रतिनिधिहरुका अनुसार मानवीय क्षति भने हालसम्म भएको छैन।

विच्छ्या खोला कुवाडी खाेलामा मिसिने भएकाले कुवाडी खोला आसपास बसोबास गर्नेहरुलाई सतर्क रहन गाउँपालिकाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?