+
+
Shares

कैलालीमा ७ लाख रुपैयाँ बढीको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १७:००

८ फागुन, धनगढी । कैलालीमा ७ लाख रुपैयाँ बढीको अवैध सामान बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–५ हसनपुर पिपल चौतारा नजिकै भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी ७ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको फेन्सी सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार सुट, साडी, गम्छा, ब्राहमण धोती, श्रीराम गम्छा, झुल, तौलिया, पाइन्ट, मेक्सी, ब्लाउज, सर्ट पाइन्ट, कोरा कपडा, पूजाको कपडा, तन्ना, दोसल्ला र धोती लगायतका सामान बेवारिसे अवस्थामा बरामद गरिएको हो ।

यस्तै, कैलारी गाउँपालिका–४ को भितरियामा भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याएको १४ हजार ४२० रुपैयाँ बराबरको मिठाइ, प्रसाद दाना र पापड बरामद गरिएको छ ।

दुवै ठाउँबाट बरामद गरिएको सामानको मूल्य सात लाख १८ हजार १२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?