+
+

दार्चुलामा भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते २३:४४

९ पुस, काठमाडौं । दार्चुलामा आज बेलुका भूकम्प गएको छ । दार्चुलाको अपी हिमाल क्षेत्रमा भूकम्प गएको हो ।

आज बेलुका ९ बजेर २५ मिनेटमा अपी हिमाल क्षेत्रमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्याएको विवरण  आइसकेको छैन ।

यसअघि बाजुराको गोत्री केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प जाँदा १६ भन्दा बढी घरमा क्षति पुगेको थियोे ।

केही हप्तायता सुदूरपश्चिमका जिल्लामा दिनहुँजसो भूकम्पका साना धक्का गइरहेको छ । भूकम्पको जोखिम दृष्टिकोणले पनि पश्चिम नेपाल अति संवेदनशील मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?