
News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि ज्ञान केन्द्र कैलालीले सुदूरपश्चिमका ३० जना महिला किसानलाई घरघर पुगेर तरकारी बिक्री गरेकोमा सम्मान गर्दै साइकल, तराजु र भाडा वितरण गरेको छ।
- भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले उक्त कार्यक्रममा किसानलाई सम्मान गर्दै आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको थियो।
- कृषि ज्ञान केन्द्रले ७० आवेदनमध्ये २४ एकल महिला, एक दिर्घरोगी र ५ विपन्न महिलालाई छनोट गरी परिचय पत्र प्रदान गरेको छ।
२८ साउन, धनगढी । सुदूरपश्चिमकाे अस्थायी राजधानी धनगढीमा घरघर पुगेर तरकारी बिक्री गर्ने किसानलाई सम्मान गरिएको छ ।
कृषि ज्ञान केन्द्र कैलालीले घरघर पुगेर स्वच्छ तरकारी बिक्री गर्ने किसानलाई सम्मान गर्दै उनीहरूलाई आवश्यक पर्ने सामग्री समेत वितरण गरेको छ ।
केन्द्रले बुधबार आयाेजना गरेकाे कार्यक्रममा सुदूरपश्चिम सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले किसानलाई सम्मान गर्दै सामग्री हस्तान्तरण गरेका हुन् ।
मन्त्री थापाले किसानलाई ३० जना किसान महिलालाई साइकल र तरकारी ताैल गर्ने तराजु पनि प्रदान गरे ।
कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले घर दैलोमै पुगेर तरकारी बेच्दै आएका ३० जना महिला किसानहरूलाई सम्मान तथा साइकल, तराजु र तरकारी राख्ने भाडा उपलब्ध गराइएको बताए ।
उनकाअनुसार कृषि ज्ञान केन्द्रले सूचना जारी गर्दै आवेदन माग गरेकाे छ । उक्त सूचनमअनुसार ७० जनाले निवेदन दिएका थिए । उनीहरू मध्ये ३० जना महिलालाई छनोट गरिएको थियाे ।
उनीहरू मध्ये २४ जना एकल महिला, एक जना दिर्घरोगी र ५ जना विपन्न महिलाहरुलाई छनोट गरिएको थियो । केन्द्रले किसानहरूलाई सम्मान स्वरुप परिचय पत्र समेत प्रदान गरेको र आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया 4