+
+
Shares

महाकालीमा बहाब उच्च, नेपाल-भारत सीमाको बनबासा पुल बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १२:०१
महाकाली नदीको बाढी । फाइल फोटो

२९ साउन, काठमाडौं । महाकाली नदीमा पानीको बहाब बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आउ–जाउ गर्न रोक लगाइएको छ ।

आज बिहान ११ बजेको समयमा महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाब मापन भएको थियो । त्यसैले चार पाङ्ग्रे र दुई पाङग्रे सवारी साधन तथा मानिसहरुको समेत आउ–जाउ बन्द गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाब एक लाख भन्दा बढी भएमा सुरक्षाका दृष्टिकोणले खतरा मानिन्छ ।

भारततर्फ पर्ने शारदा ब्यारेज केन्द्रले पनि सूचना जारी गर्दै आगामी केही घण्टा अझै वर्षा हुने सम्भावना रहेको र बहाब अझै बढ्ने सम्भावना रहेकाले पुल हुँदै यात्रा गर्न रोक लगाइएको जनाएको छ । सूचनामा अत्यावश्यक नपरेसम्म यात्रा नगर्न भनिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल वर्षा गराउने प्रणाली पश्चिम नेपालतर्फ केन्द्रित छ । त्यसैले वर्षाको सम्भावना अझै कायम रहेको मौसमविदहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?