२० कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैं र तिहारकाे अवधिमा जुवातास खेल्ने झण्डै ४०० जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट समेत खटिएको टाेलीले प्रदेशका ६ जिल्लाबाट ३९७ जना जुवाडेलाई २९ लाख रुपैयाँ भन्दा बढी रकमसहित पक्राउ गरेकाे हो ।
सुदूरपश्चिचम प्रदेश प्रहरी कार्यालय धनगढीकाे तथ्यांकअनुसार सबैभन्दा धेरै कैलालीमा १८४ जना पक्राउ परेका छन् । उनीहरूकाे साथबाट ११ लाख ९ हजार रूपैयाँ नगद बरामद गरिएको छ ।
यस्तै, कञ्चनपुरबाट ११ लाख ९० हजारसहित एक सय ५९ जना, चार लाख ४१ हजारसहित डडेल्धुराबाट २८ जना, अछामबाट ८६ हजारसहित ९ जना, बझाङबाट ६६ हजारसहित ५ जना र डाेटीबाट १२ हजारसहित १२ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रवीन्द्र केसीले चाडपर्व लक्षित गर्दै असाेज १ गतेदेखि कात्तिक २० गतेसम्म २९ लाख सात हजार २५४ नगदसहित जुवातास खेल्ने ३९७ जनालाई पक्राउ गरी सम्बन्धित प्रहरी कार्यालयले कारवाही गरेकाे बताए ।
प्रतिक्रिया 4