
५ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्षदेखि २५ लाखभन्दा कम बजेट भएका योजना वार्षिक कार्यक्रममा समावेश नगर्ने घोषणा गरेको थियो । कम बजेट छुट्याउनैपर्ने अवस्थामा आवश्यकता र औचित्य पुष्टि गर्नुपर्ने कुरालाई प्राथमिकतामा राखिएको थियो ।
तर, सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा भने आफ्नै घोषणा उल्लङ्घन गरेको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले १ असारमा प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा टुक्रे योजनालाई प्राथमिकतामा राखेका छन् ।
मन्त्री थापाले सडक पूर्वाधारका योजनामा १ हजार रुपैयाँसम्म बजेट विनियोजन गरेर सरकारको घोषणाको धज्जी उडाएका छन् भने ३ हजार ९०० योजनालाई १ लाखभन्दा कम बजेट छुट्याएका छन् ।
३ हजार ९०० योजनामा १ लाखभन्दा कम बजेट छुट्याएको प्रदेश सरकारले ५० हजारभन्दा कम बजेटका २ हजार १३५ योजना समावेश गरेको छ । ९१ शीर्षकका योजनामा १ हजारका दरले बजेट छुट्याएको पाइएको छ । सडक तथा पुल र सिंचाइ संरचना निर्माण शीर्षकका योजनामा १ हजार बजेट राखिएको हो ।
कतिपय गौरवका योजना पनि समावेश छन् । मुख्यमन्त्री कमलबहादुर शाहकै क्षेत्रमा पर्ने कटासे जाने बुके खोला पक्की पुल, सुतैयादेखि तिघरी जोड्ने पक्की पुल निर्माण, लम्कीचुहा नगरपालिका–७ को पिपलबोटदेखि मंगल भुलको घरसम्म सडक कालोपत्रेको योजना प्रतिनिधिमूलक उदाहरण हुन् ।
१ हजार बजेट पाउनेमा कैलाली भजनी–सुखड सडक, कञ्चनपुरको बेलौरी भन्सारदेखि चानदेव सडक, बेलौरी–कलुवापुर–दोमिल्ला–नाइल सडक लगायतका योजना छन् । सिंचाइतर्फ पनि धेरै योजनामा १ हजार बजेट विनियोजन गरिएको छ ।
पूर्वाधारतर्फका योजनामा मात्र नभएर विभिन्न विषयगत मन्त्रालय र कार्यालयले गर्ने आन्तरिक क्रियाकलाप तथा खर्च शीर्षकमा समेत कम बजेट परेको छ । अछामको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रलाई सञ्चार महसुुल अन्तर्गत हुलाक तथा कुरियरका लागि १ हजार, प्रदेश जनस्वास्थ्य प्रयोगशाला कैलालीको प्रयोगशाला सहयोगीलाई पनि १ हजार बजेट छुट्याइएको छ ।
कैलालीको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय पानी तथा बिजुलीका लागि १ हजार र प्रदेश लेखा इकाइ कार्यालय कञ्चनपुरले सञ्चार महसुलका लागि १ हजार बजेट पाएका छन् ।
प्रदेश सरकारले धेरै योजनामा दुई हजारदेखि ५० हजारसम्मको बजेट विनियोजन गरेको छ । यो सूचीमा भौतिक पूर्वाधार विकास र कार्यालयगत खर्चका योजना पनि छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–६ को सिद्धार्थ बोर्डिङ स्कुल–हात्तीबोझा सडक कालोपत्रे, बैतडीको पन्सेरा वडा कार्यालय पछाडी चौलानी नदी तटबन्ध निर्माण योजनाले दुई हजार बजेट पाएका छन् ।
प्रदेश सरकारले पूर्वाधार विकास तथा अन्य विषयगत मन्त्रालय एवं कार्यालयका विभिन्न कार्यक्रम शिर्षकमा समेत १ हजारदेखि १ लाख रुपैयाँसम्म विनियोजन गरेको तथ्यले सरकार दिगो विकासको अवधारणअनुसार योजना छनोट गर्नमा चुकेको देखिएको छ ।
आर्थिक प्रणाली विकृतिबाट मुक्त हुन सकेन : भट्ट
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेटमा राखेका योजनालाई हेर्दा आर्थिक प्रणाली विकृतिबाट मुक्त हुन नसकेको उदाहरणका रूपमा चित्रण गरेको छ ।
माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले बजेटमा हजारदेखि लाख रुपैयाँका योजना समेत समावेश गरिएपछि विकृति र विसंगतिको दलदलबाट आर्थिक प्रणाली मुक्त हुन नसकेको स्थितिका रूपमा व्याख्या गरेका छन् ।
उनले बजेटमा दलाल र बिचौलियाहरू हाबी हुँदा प्रदेशवासीको सपना, राज्यको आवश्यकता, दीर्घकालीन रणनीति र दीर्घकालीन लक्ष्यअनुसार बजेट आउन नसकेको बताए ।
‘जनताको सपना, राज्यको आवश्यकता, रणनीतिक दीर्घकालीन आवश्यकता केन्द्रमा राखेर सोच्नुभन्दा पनि दलगत, निर्वाचन क्षेत्रगत स्वार्थ, द्रव्य मोहका थुप्रै विषय बजेटमा प्रवेश गरेका छन्,’ भट्टले भने, ‘दलाल र बिचौलियाहरू बजेटमा हाबी छन् । राष्ट्रका लागि गम्भीर र दीर्घकालीन क्षतिको विषय छ । आवश्यकता र संवेदनशिलता अनुुसार नभएर बजेट फेरि पनि रसातलततिरै पु¥याउने कुरा हो । विसंगति र विकृतिको दलदलबाट आर्थिक प्रणाली मुुक्त हुन सकेन भन्ने ज्वलन्त उदाहरण हो ।’
रकमान्तर गर्न कम बजेट राखियो : अर्थराज्यमन्त्री बम
प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले भने वार्षिक कार्यक्रममा समावेश गर्नैपर्ने खालका योजनामा न्यून बजेट विनियोजन गरिएको दाबी गरेका छन् । बमले अहिले बजेट नभएका कारण कम देखिए पनि पछि रकमान्तर गर्नेगरी थोरै बजेट राखिएको बताएका छन् ।
‘भौतिक पूर्वाधार विकास मन्त्रालयका कतिपय योजनामा १ हजारदेखि १ लाख रुपैयाँसम्म बजेट विनियोजन भएको देखिएको छ,’ बमले भने, ‘कतिमा प्राविधिक त्रुटिबस टाइपिङ मिस्टेक भएर भएको हुनसक्छ । कतिपय बजेटमा राख्नैपर्ने तर बजेट अभावले पछि रकमान्तर गर्नेगरी राखिएको हो कि ?’ बजेट शिर्षकमा राखेपछि रकमान्तर गर्न सजिलो होस् भन्ने उद्देश्यले पनि त्यसो गरिएको उनी बताउँछन् ।
आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्राविधिक त्रुटिका कारण स–साना योजना वार्षिक कार्यक्रम पुस्तिकामा उल्लेख हुन पुगेको बताउँदै ती योजना कार्यान्वयन नहुने बताएका छन् । थापाले १० लाखभन्दा कम बजेटका योजना नराखिएको दाबी गर्दै विशुद्ध प्राविधिक त्रुटि भएको बताए ।
‘वार्षिक कार्यक्रम पुस्तिकामा केही योजनामा १ हजार, ५ हजार बजेट देखिएको कम्प्युटरको प्राविधिक त्रुटि हो । हामीले १० लाखभन्दा तलका योजना राखेका छैनौं,’ थापाले भने, ‘प्राविधिक त्रुटि भएको कारणले त्यो खालको देखियो । ती योजना नै होइनन् । कार्यान्वयन हुने कुरै छैन ।’
१ हजार बजेट पाएका योजना
कन्चनपुर हुलाक/कुरियर खर्च
कैलाली धाराको महसुल
कन्चनपुर डाउना होटेलदेखि दक्षिण नथजीको घर हुँदै पूर्व ढलनिकाससहित कालोपत्रे, वेदकोट- ७
कन्चनपुर वडा कार्यालय चोकदेखि सेतो पुल हुँदै जनजागृति आविसम्म सडक कालोपत्रे, कृष्णपुर- ४
कन्चनपुर साविक माछापालान चोकदेखि दक्षिण खेल मैदानसम्म सडक निर्माण, कृष्णपुर- ८
कन्चनपुर पशुपति टोल ब्राइटर फ्युचर स्कुलको उत्तर पश्चिम दुर्गा भवानी जाने बाटो आरसीसी काशी भट्ट मार्ग भिनपा- ६
कन्चनपुर पूर्वपश्चिम राजमार्गदेखि रेलडण्डी हुँदै कृष्ण मावि जाने सडक, कृष्णपुर- ५
कन्चनपुर आनन्द मार्ग सडक निर्माण (आनन्द टोल) पुरानो मालपोत पछाडि, भिनपा- ३
कन्चनपुर ग्रीनपिस टोलको १ नम्बर गल्ली सडक कालोपत्रे भीमदत्त नगरपालिका- ३
कन्चनपुर बेलौरी भन्सारदेखि कलुवापुर सडकको बेलौरी भन्सारदेखि चाददेव सडक खण्ड कालोपत्रे
कन्चनपुर बोकटी टोलदेखि गुरुङ टोल हुँदै गल्मेली टोलसम्म सडक स्तरोन्नति वडा न.०६ दोधारा चाँदनी नपा
कन्चनपुर बेलौरी कलुवापुर दोमिल्ला नाईल सडकको कलुवापुर चितौरा खण्डमा नाली निर्माण
कन्चनपुर वैतडा एन.सैल टावर हुदै तल्लो बैतडा हुदै च्वागड टोल घटाल थान सम्म कालोपत्रे सडक, वेदकोट- ४
कन्चनपुर पूर्णागिरि टोलको सडक स्तरोन्नति भीनपा- ६
कन्चनपुर भिमदत्त न.पा. वडा नं. १८ पत्थरपुर नालामा लोकेन्द्र भट्टको घर नजिक कल्भर्ट भिमदत्त नपा- १८
कन्चनपुर शुक्लाफाँटा ३ बागबजार हुदै शुक्लाफाँटा २ रानिपुर जोड्ने स्याली नदीमा पक्कि पुल
कन्चनपुर भीमदत्त नगरपालिका वडा नं. ११ मा रहेको बरेली टोल देखी महाकाली टोल जोड्ने भुजेला खोलामा पुल निर्माण
कन्चनपुर सिद्धनाथ मा वि नजिक गहताडी खोलामा पुल निर्माण, भिमदत्त ९, बह्मदेव
कन्चनपुर धरमपुर पोल्खरी जोड्ने पश्चिम झट्टले खोलामा पुल (कल्भर्ट),बेतकोट नपा- ६
कन्चनपुर रौटेला देखी झजपुरा हुदै बग्ने नालामा कल्भर्ट सहित भौतिक संरचना निर्माण, बेतकोट- ७
कन्चनपुर शुक्लाफाँटा १२ कालागौडी र लालझाडी ४ मोटरघाट जोडने बनहरा नदि पुल / कल्भर्ट निर्माण
कन्चनपुर घरकटुवा खोलामा कल्भर्ट/पुल निर्माण शुक्लाफाँटा-९
कन्चनपुर देउवा टोलमा स्लेब कलभर्ट निर्माण, लालझाडी- ५
कन्चनपुर मुक्ति सिबिर नजिक वडा नं. ३ र १० जोड्ने खेमेनालामा कल्भर्ट निर्माण वेदकोट
कन्चनपुर भीमदत्त नगरपालिका १० गज्जर स्थित दिपज्योति टोलको भत्केको कल्भर्टलाइ पुनः निर्माण भीमदत्त- १०
कन्चनपुर गौरादेबी सामुदायिक बन उपभोक्ता समूहको कार्यालय नजिक रहेको बालुवा नाला पुल , कृष्णपुर ९
कन्चनपुर वेद्कोट नगरपालिका ४ – ५ पोल्खरी झलेखोलामा पक्की पुल (घटाल आ बि जोड्ने)
कैलाली भजनी छोटीभन्सार खिमडी ठुलीगाड सडक (भजनी छोटी भन्सार, लालबोझि, भजनी, जोशीपुर, फल्लेबिसौनी, सल्लेरी, रक्सा, कोल्तडी, खिमडी, ठुलीगाड),
कैलाली भजनी न पा ५ पृथ्वीपुर भन्सार देखि भजनी बजार हुँदै सुक्खड सम्म सडक स्तरोन्नती
कैलाली खाने पानी हुदै. दिपेन्द्र मा.वि. देखि सफल सुदुरपश्चिम एकेडमी सम्मको सडक – लम्की चुहा न.पा. १,
कैलाली पिपलबोट देखि मंगल भुलको घर सम्म सडक कालो पत्रे- लम्कीचुहा न.पा. ७,
कैलाली सुन्दरटोल कल्भर्ट निर्माण , घोडाघोडी न पा ०१,
कैलाली रानी वन धैलानालामा पक्की पुल निर्माण DPR सहित बर्दगोरिया- ६
कैलाली सुर्तैया देखि तिघरी जोड्ने पक्कीपुल लम्कि चुहा ९ र १०
कैलाली कटासे जाने बुके खोला पक्कि पुल लम्कि चुहा न.पा. ०३ जानकी- ९
कन्चनपुर प्रसुती स्याहार भत्ता
अछाम हसाडा लम्तडा सि.यो., मंगलसेन ४
अछाम माझ सि.यो.,मंगलसेन १३
अछाम कानझाड धाइडा सि.यो.,तुर्माखाद ७
अछाम टापुखोला सि.यो.,तुर्माखाद-४
अछाम डाडा कृषि सि.यो.,साँफेबगर-३
अछाम बाब्ला सि.यो.,साफेबगर-१९
अछाम साङ खोला सारेङ सि.यो.,साफेबगर-९
अछाम कोटेखेत सि.यो.,साफेबगर-१०
अछाम खर्रेखोला प्यारेगाउँ सि.यो.,साँफेबगर -११
अछाम लातेखोला काठेवडी टोल सि.यो.,कमलबजार -५
अछाम बण्डालि काठेकाउला सि.यो.,कमलबाजर-९
अछाम सुदाखेत सि.यो.,कमलबाजर-४
अछाम जाजरखोला तल्लो मेलकाटीया सि.यो.,रामारोशन -७
अछाम मान्केपानी भदल्तोला गैरोपाखेत सि.यो.,मेल्लेख-०६
अछाम दालखाल बलमाटे मुन्ग्रा सि.यो.,मेल्लेख-६
अछाम कापडि खेत रावतबाडा सि.यो.,मेल्लेख-५
अछाम बडै टिमुरे आम नाउली सि.यो.,प.बि-०७
अछाम पपदीखेत सि.यो.,चौरपाटी-२
अछाम नासिखोला छाटा भर्नान सि यो ढकारी-२
अछाम मिर्केछाडा सि.यो.
दार्चुला सकरखेत सिंचाइ योजना शैल्यशिखर- ६
दार्चुला नमस्कार सिंचाइ योजना महाकाली- ५
दार्चुला नक्तड देखी पारीगाँउ सम्म सिंचाइ योजना शैल्यशिखर १०
दार्चुला मल्लो कटुझाडी सिंचाइ योजना शैल्यशिखर- १
दार्चुला पैरेकीधार सिंचाइ योजना शैल्यशिखर- ८
दार्चुला कालीपातल मल्लाखेत सिंचाइ योजना शैल्यशिखर- ६
दार्चुला खोल्टीखोला सिंचाइ योजना लेकम- ५
दार्चुला विराली सिंचाइ योजना लेकम- ५
दार्चुला नक्तड सिंचाइ योजना शैल्यशिखर- ९
बैतडी मल्ला डुबल्ले सिंचाइ लिफ्टिङ टंकी निर्माण डिलाशैनी- ६ मालटोल डुबल्ले
बैतडी सुनिखोला बरडपाखा सिंचाइ योजना मेलौली- ८
बैतडी सुवेत सिंचाइ योजनासुर्नया- ५
बैतडी हुक्केडाडा बृर्हत सिंचाइ योजना पाटन- ९
बैतडी जमाडी सित्तड सिंचाइ योजनादोगडाकेदार- ६
बैतडी सुन्नुभा खोजगैर सिंचाइ योजना डिलाशैनी- ७
बैतडी मटेला राजखोला मगरकोट गोगनेली सुगरखाल वारिवन सिंचाइ योजना सिगास- ८
बैतडी ओखडानी सिंचाइ योजना दनपा- १
बैतडी गैरीखेत सिंचाइ योजना पाटन- २
बैतडी कद्सेला सियो विश्वनाथ- १
बैतडी ओखलधार सिंचाइ योजना दनपा- १
बैतडी मल्लो गगरा सिंचाइ योजना डिलाशैनी- ७
बैतडी रम्वागाडदेखि बुडा खालीसम्म सिंचाइ योजना शवनाथ- ६
बैतडी राझिखेत सिंचाइ योजना दनपा- ४
डँडेलधुरा जलतेडा सि.यो., अजयमेरु-६
डँडेलधुरा अंचल सि.यो., भागेस्वर-३
डँडेलधुरा सुन्तड़ी सि.यो. भागेश्वर-३
डँडेलधुरा डाइणी गाउँ सि.यो. आलीताल गापा
डँडेलधुरा पन्तुरा खोला सि.यो., परशुराम १२
डँडेलधुरा डॉडि सि.यो., परशुराम-११
डँडेलधुरा अल्लाणी गाड समायल कपडा हुँदै खजुरानी कुलेडी सि.यो. गन्यापधुरा-४
डँडेलधुरा साजबाटा सि.यो., नवदुर्गा-४
डँडेलधुरा मटेला सि.यो., गन्योपधुरा-१
अछाम हुलाक/कुरियर खर्च
कैलाली प्रयोगशालाा सहयोगी
प्रतिक्रिया 4