 
																			७ असार, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकाले गाउँगाउँमा जोड्ने तीन सडक निर्माण गरिरहेको छ । नगरपालिकामा रहेका साविकका तीनवटा गाविस जोडने सडक पक्की बनाउने गरी काम भइरहेको नगरप्रमुख रामबहादुर बाँनियाले बताए ।
साँफे–मार्तडी सडक खण्डबाट गाउँ जोड्न निर्माण सुरु भएका तीनवटै सडकको काम आगामी वर्षभित्र सम्पन्न गर्ने योजना रहेको छ । अहिले ट्रयाक खन्ने, सडक विस्तार गर्ने, पर्खाल निर्माण, नाला बनाउनेलगायत काम भइरहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले ताप्रिसेरा–ब्रहम्तोला, बेतालमाडौं–त्रिशक्ति, बाम्का र नगरपालिका केन्द्र जोड्ने गरी सडक निर्माण गरिरहेको छ । गत पुसदेखि सुरु भएको कामको हालसम्मको प्रगति ३७ प्रतिशत रहेको छ ।

नगर प्रमुख बाँनियाले भने, ‘आगामी आवभित्र निर्माणाधीन सडक कालोपत्रे गरेर बाह्रै महिना यातायात चलाउने गरी काम गरिरहेका छौं ।’
आगामी आर्थिक वर्षभित्र निर्माण सकेर कालोपत्रे सुरु गरिने नगरपालिकाका इन्जिनियर उप्रेन्द्र साउदले बताए । सडक निर्माणपछि यस क्षेत्रका १३ हजारभन्दा बढी जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।
बूढीगंगाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँगाउँसम्म सडक पुर्याउने योजनालाई प्राथमिकता दिएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4