 
                             Nepal, Midfielder
                                    Nepal, Midfielder                                
                                Aayush Ghalan
                                
                                    
                                         Nepal, Midfielder
                                        Nepal, Midfielder                                    
                                
                            
                             Nepal, Midfielder
                                        Nepal, Midfielder                                    पोखरा थन्डर्सको मार्की खेलाडी घोषित हुँदा आयुष घलानले भनेका थिए, ‘मैले छोटो समयमै ठूलो जिम्मेवारी पाएको छुं ।’ यस पछाडिको पृष्ठभूमि के भन्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करण ०७८ मा हुँदा उनी अपरिचित खेलाडी थिए । भर्खर भर्खरका ठिटो खेलाडी थिए ।
त्यसको तीन वर्षपछि दोस्रो संस्करण हुँदा उनको सबैको मुखमा झुन्डिङको नाम भइरहेका छन् । पोखराबाटै एनएसएल खेल्न सुरु गरेका आयुष अहिले त्यही टिमको मार्की खेलाडी भएका छन् ।
त्यसैले हो, आयुषको काँधमा ठूलो जिम्मेवारी भनेको । मिडफिल्डरका यी खेलाडी विन्गरका रूपमा खेल्न पनि माहिर छन् । बलमाथि उनको नियन्त्रण राम्रो छ, त्यसैले मज्जाले ड्रिब्लिङ पनि गर्छन् ।
उनका लागि दुई तीन जना विपक्षी खेलाडीलाई छलाएर बल अगाडि बढाउनु कुनै ठूलो नै हुने गर्दैन । अझै पनि किशोर उमेरमै रहकाले नेपाली फुटबलका लागि उनीबाट धेरै आश पनि गर्न सकिन्छ ।
सुरुआती खेल जीवन
मूलधारको नेपाली फुटबलमा प्रवेश गर्न अगाडि हेटौंडाका आयुषले शहीद स्मारक लिगको ‘सी’ र ‘बी’ डिभिजन दुवै खेले । उनले ‘सी’ डिभिजन समाज कल्याण युथ क्लबाट खेलेका हुन् भने ‘बी’ डिभिजन खुमलटार युथ क्लबबाट ।
पोखराले पहिलो संस्करणको एनएसएल खेल्दा उनले बुटवल–लुम्बिनीविरुद्ध डेब्यु गरेका थिए, सब्टिच्युट खेलाडीका रूपमा । उनले त्यति बेला छ मिनेट मात्रै खेल्न पाए । त्यसपछि पोखराले खेलेका बाँकी सबै पाँच खेलमा उनी स्टार्टिङ लाइनअपमै परे ।
त्यति बेला उनी पोखराको टिममा ‘रुकी प्लेयर’ को रूपमा प्रवेश गरेका थिए । उनले शहीद स्मारक लिग ‘ए’ डिभिजनमा उनले नाम र ख्याति दुवै कमाएको भने थ्री स्टारबाट हो । उनले थ्री स्टारका लागि वर्ष ०७८ को ‘ए’ डिभिजन खेले । उनले च्यासलविरुद्धको पहिलो खेलमै थ्री स्टारका लागि डेब्यु गरे । वर्ष ०७९/८० को पछिल्लो ‘ए’ डिभिजन लिगमा भने उनले संकटाका लागि खेले । थ्री स्टार संकटा दुवैका लागि उनको प्रदर्शन अब्बल रह्यो ।
राष्ट्रिय टिममा प्रवेश
अल्दुल्लाह अल्मुताइरीले आयुषलाई नेपाली राष्ट्रिय टिममा प्रवेश दिएका हुन् । उनी कुवेती प्रशिक्षक अल्मुताइरीका प्रिय र प्रमुख खेलाडी थिए । आयुषले नेपालका लागि डेब्यु गरेको अस्ट्रेलियाविरुद्ध कुवेत सिटीमा भएको विश्वकप छनोटको खेलबाट हो ।
त्यसयता उनी राष्ट्रिय राष्ट्रिय टिममा नियमित परिरहेका छन् । उनले नेपाली राष्ट्रिय टिमका लागि एक गोल गरेका छन् र यो गोल श्रीलंकाविरुद्ध सन् २०२१ को साफ च्याम्पियनसिपमा निस्केको थियो ।
नेपालले माल्दिभ्सको मालेमा भएको त्यस प्रतियोगितामा नेपालले प्रतियोगिताकै इतिहासमा पहिलो पटक फाइनल यात्रा तय गरेको थियो र त्यस टिमको आयुष प्रमुख खेलाडी थिए । सन् २०२३ मा नेपालले थ्री नेसन्स कप जितेको नेपाली टिममा पनि उनी महत्त्वपूर्ण खेलाडी रहे ।
लाओसविरुद्धको फाइनलमा उनले नै नेपालका लागि पहिलो गोल गरे । यो खेल भने फिफा–विन्डो बाहिरको थियो । आयुषले भारतको भुवनेश्वरमा भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालको कप्तानी पनि गरेका थिए ।
नेपालका लागि प्रदर्शन
कुल क्याप : २१
Read Fullसमाचार
 
                                            प्लेयर्स टु वाच
 
                                 
                                 
                                 
                                 
                    










 
                                             
                                             
                                             
                                             
                                             
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                













