Comments Add Comment

अनेरास्ववियू

List Grid
मीनभवनमा अनेरास्ववियु क्रान्तिकारीद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

२४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौं मीनभवनस्थित नेपाल कमर्स क्याम्पस क्याम्पसअगाडि अनेरास्ववियू (क्रान्तिकारी) का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए । प्रहरीले तत्कालै हस्तक्षेप गरी केही विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ । […]

नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाउँदै

१० चैत, काठमाडौं । नेकपा एमालेकाे माधव नेपाल समूहले विद्यार्थी संगठन अनेरास्ववियुको पनि भेला आयोजना गरेको छ । मंगलबार काठमाडौंमा अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दै समानान्तर गतिविधिलाई निरन्तरता दिएको हो । यसअघि नेपाल समूहले अखिल नेपाल महिला संघ र युवा संघको राष्ट्रिय कार्यकर्ता भेला गरेर समानान्तर कमिटी बनाइसकेको छ । विद्यार्थीको भेलाबाट पनि समानान्तर […]

रम्तेलको स्मृतिमा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान

१४ फागुन, ललितपुर । जनयुद्धका पहिलो सहिद गोरखाका दिलबहादुर रम्तेलको २६ औं स्मृति दिवसको सन्दर्भमा पूर्वमाओवादीहरुले आज विविध कार्यक्रम आयोजना गरेका छन् । प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूले आज दिलबहादुर रम्तेल स्मृति दिवस र आफ्ना पूर्वअध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा वाग्मतीसहित सातवटै प्रदेशमा स्मृति सभा आयोजना गरेको छ । आज ललितपुरको पाटन संयुक्त क्याम्पसमा सहिद स्मृति तथा […]

अनेरास्ववियूले प्रतिगमनलाई जुत्ता हान्ने, शंख जुलुससहित बालुवाटार घेर्ने

७ फागुन, काठमाडौं । संसद विघटन, महँगी र अनियमितताविरुद्ध आन्दोलनरत अनेरास्ववियू (रञ्जित तामाङ समूह)ले चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको प्रचण्ड–माधव नेपाल निकट तामाङ समूहले प्रतिगमनलाई जुत्ता हान्ने र शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । फागुन ६ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध देशभरका कलेज र आयल […]

प्रतिगमनको मतियार नबन्न भन्दै स्थानीय सरकारलाई ज्ञापनपत्र

१८ माघ, काठमाडौं । संसद विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत अनेरास्ववियूको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको  दुरुपयोग नगर्न आग्रह गर्दै आजबाट स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउन सुरु गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । अनेरास्ववियूले स्थानीय तहमा बुझाएको ज्ञापन […]

अनेरास्ववियूको तेस्रो चरणको आन्दोलन : बालुवाटार घेर्ने, सरकारी गाडी चल्न नदिने

१६ माघ, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव नेपाल पक्ष)का विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन् । अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेका हुन् । अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ […]

जी न्यूजलाई माफी माग्न अनेरास्ववियूको आग्रह

२९ पुस, काठमाडौं । अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने व्यक्ति र संस्थाहरुसँग रहस्यमय र अपारदर्शी भेटघाट नगर्न आग्रह गरेको छ । हालै प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर अन्तरवार्ता दिएका जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्दै रिपोर्ट प्रसारण गरेको सन्दर्भमा अनेरास्ववियूले सो आग्रह […]

प्रतिनिधिसभा विघटनविरुद्ध महेन्द्रनगरमा मसाल जुलुस

२८ पुस, कञ्चनपुर । नेकपा (प्रचण्ड–माधव समूह) निकट अनेरास्ववियूले कञ्चनपुरको महेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमलाई प्रतिगमन भन्दै आन्दोलनरत अनेरास्ववियूले सोमबार साँझ मसाल जुलुस निकालेको हो । महेन्द्रनगर बजारको खुलामञ्च अगाडिबाट शुरु भएको जुलुस बसपार्क चोकमा पुगेर विरोध सभामा परिणत भएको संयोजक वीरेन्द्र विष्टले जानकारी […]

ओलीलाई व्यंग्य गर्दै धनगढीमा बयलगाडा जुलुस

२६ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलुस निकालिएको  छ । ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध […]

संसद विघटनको विरोधमा बयलगाडा जुलुस

२६ पुस, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव नेपाल समूह निकट अनेरास्ववियूले आज बयलगाडासहित प्रदर्शन गरेको छ । थापाथली इन्जिनियरिङ क्याम्पसमा भेला भएर विद्यार्थीहरुले बयलगाडासहित प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाए । प्रदर्शनमा अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ लगायत सहभागी थिए । विगतमा ओलीले ‘गणतन्त्र ल्याउछौं भन्नु बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेको, […]

संसद विघटनविरुद्ध प्रचण्ड -नेपाल समूह निकट अनेरास्ववियूको सडक बहस

२५ पुस, काठमाडौं । नेकपा (प्रचण्ड -नेपाल समूह) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शनिबार राजधानीमा सडक बहस कार्यक्रम आयोजना गरेको छ । दोस्रो चरणको आन्दोलन अन्तर्गत अनेरास्ववियूले शनिबार सडक बहस कार्यक्रम सन्चालन गरेको हो। काठमाडौंको प्रदर्शनीमार्गमा सन्चालित खुल्ला सडक बहसमा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले ओली सरकार संविधानको धारा ७६ (२) अन्तर्गत बनेकाले उनले कुनै हालतमा प्रतिनिधि सभा […]

संसद विघटनविरुद्ध अनेरास्ववियूले निकाल्यो लालटिन जुलुस

२२ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको छ । जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी छन् । ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, […]

अनेरास्ववियूको आन्दोलन : बयलगाडा प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्म

२१ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आन्दोलनका कार्यक्रमअनुसार आज सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने अनेरास्ववियूका नेता […]

विद्यार्थीको व्यंग्य–लोकतन्त्र स्वाहा ! बयलगाडा स्वाहा !

१३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा विद्यार्थीहरूले काठमाडौंमा ‘स्वाहा’ कार्यक्रम आयोजना गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखेर आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अनेरास्ववियू वाल्मिकी क्याम्पस समितिले सोमबार व्यंग्यात्मक कार्यक्रम आयोजना गरेको हो । संसद विघटनले प्रतिगमन फर्काएको भन्दै विद्यार्थीहरूले ‘केपी ओली स्वाहा, लोकतन्त्र स्वाहा, बयलगाडा स्वाहा, मूल्य–मान्यता […]

नेकपा विवाद विद्यार्थी संगठनमा पनि, संयोजक महरलाई कारबाही गरेको तामाङको घोषणा

१० पुस, काठमाडौं । नेपाल  कम्युनिस्‍ट पार्टीको विवाद भातृ संगठनमा पनि  देखिन थालेको छ । शुक्रबार अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको समूहले संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ । संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको तामाङले शुक्रबार विज्ञप्ति जारी गरी जनाएका छन् । संगठनको नीति, निर्णय र विधान विपरीतका गतिविधि निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ […]

संसद विघटनविरुद्ध नेकपाकै विद्यार्थीको प्रदर्शन

७ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूको एउटा समूहले प्रदर्शन गरेको छ । सहसंयोजक रञ्जित तामाङसहितको टोलीले संसद विघटनको विरोधमा असंवैधानिक कु भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले माइतीघरदेखि नाराबाजी गर्दै नयाँ बानेश्वरतर्फ आएका छन् । हेर्नुहोस् तस्वीरहरु

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न अनेरास्ववियूको माग, २ जना पक्राउ

२५ असोज, काठमाडौं । सत्तारुढ नेकपा सम्बद्ध अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमाथि कारवाहीको माग गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आज संयुक्त विज्ञप्ति जारी गर्दै चलाउनेलाई आक्रमण गर्नेलाई गिरफ्तार गरी हदैसम्मको कारवाही गरेर प्राध्यापक जगतलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका हुन् । यही […]

त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियूको प्रदर्शन

१५ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन गरेको छ । विभिन्न विद्यार्थी संगठनले गुण्डागर्दी गरेको जिकिर गर्दै अनेरास्ववियूले विश्वविद्यालय क्याम्पसदेखि उपकुलपति कार्यालयसम्म प्रदर्शन गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिविमा विभिन्न विभागमा भएका नियुक्तिप्रति असहमति राख्दै विरोध जनाउँदै आएको छ । अनेरास्ववियूले भने नेविसंघको […]

धुम्बाराहीमा अनेरास्ववियूको रक्तदान

१० असोज, काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । शनिबार बिहान नेकपा मुख्यालय धुम्बाराहीको प्राङ्गणमा सामाजिक दुरी कायम गरी रक्तदान कार्यक्रम गरिएको हो । अनेरास्ववियूका पूर्व अध्यक्षसमेत रहेका नेकपा केन्द्रीय सदस्य हिमाल शर्माले रक्तदान गरेर कार्यक्रमको शुरुआत गरेका थिए । कोभिड १९ […]

अनेरास्ववियूको माग- शैक्षिकसत्र खेर जान नदेऊ, एसईई ग्रेडिङ स्थगित गर

१२ भदौ, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले एसईई ग्रेडिङ मापदण्ड स्थगित गर्नुपर्ने लगायतका २१ सूत्रीय मागसहितको ज्ञापनपत्र आज शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई बुझाएको छ । इमेलमार्फत् बुझाइएको ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासँग सम्वन्धित १० वटा माग प्रस्तुत गरिएको छ । कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षामन्त्री पोखरेलसँगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र […]

विपतमा ज्यान गुमाउनेको परिवारलाई जनही १० लाख देऊ : अनेरास्ववियू

४ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले बाढी, पहिरो र डुवानजस्ता विपतमा परी मृत्यु हुनेको परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिन माग गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गरी अनेरास्ववियूले बेपत्ता भएकाहरुको खोजी कार्य तीब्रताका साथ गर्न, घाइते र विस्‍थापितहरुलाई उपचार र राहतको काम तत्कालै अघि बढाउन पनि सरकारलाई […]