२७ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् ।
अनेरास्ववियूको केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । श्रेष्ठ यसअघि महासचिव थिए ।
आरती लामालाई अध्यक्षबाट माउ पार्टी एकीकृत समाजवादीले हटाएपछि अनेरास्ववियू नेतृत्वविहीन बनेको थियो । नेतृत्वविहीन अनेरास्ववियूका अन्य पदाधिकारी पनि चयन भएका छन् ।
उपाध्यक्षहरूमा अशोक थापा, कल्याण दाहाल, किशोर टन्डन, भुपेन्द्र शाह, मिलन राई, दिनेश लो, मेघनाथ चापागाईं, डम्बर सिंह, राजकिशोर यादव र नरेश न्यौपाने छन् । महासचिवमा राजन शर्मा पराजुली चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4