+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गलत मनसाय राखेर कार्यविधि संशोधन नगर्न अनेरास्ववियुको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १८:५२

१२ माघ, काठमाडौं। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि संशोधन गर्न लागेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) आपत्ति जनाएको छ ।

त्रिवि कार्यकारी परिषद्बाट शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी कार्यविधि, २०७५ गत २१ असोज २०८० मा त्रिवि कार्यकारी परिषदबाट संशोधन भएको थियो ।

संशोधन भएको कार्यविधि कार्यान्वयनका लागि त्रिवि सेवा आयोगमा पठाइएको थियो । तर, कार्यान्वयनमा नआउँदै पुनः संशोधन गर्न लागिएको भन्दै अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले आपत्ति जनाएको हो ।

अनेरास्ववियुले त्रिविका निमित्त उपकुलपति शिवलाल भुसाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । विश्वविद्यालयका प्राध्यापकको नियुक्ति र बढुवाका लागि आवश्यक अनुसन्धान तथा कृतिलाई मुख्य आधार बनाइ प्राध्यापक तथा सह प्राध्यापकको आन्तरिक बढुवा गरिनुपर्ने भएतापनि संशोधन भएको कार्यविधिलाई एकपटक पनि कार्यान्वयनमा नल्याइ विश्वविद्यालयका पदाधिकारीहरूको गलत मनसायको कारण उक्त संशोधित विषयवस्तु हटाउन खोजिएको अनेरास्ववियुले आरोप लगाएको छ ।

शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी विनियम, २०७५ (संशोधन २०८० असोज २१ गते) को विनियम २१ को उपविनियम (६) को खण्ड (क) मा व्यवस्थाले लोकसेवाको संलग्नता र समन्वयले त्रि.वि. सेवा आयोगले लिने हरेको परीक्षाको प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशनले परीक्षाको निष्पक्षता र विश्वसनीयता बढाइ योग्य तथा सक्षम व्यक्ति त्रिवि सेवामा प्रवेश पाउने कुरा विश्वविद्यालयको हितमा रहेको देखिदा देखिँदै पनि उक्त कार्यविधि संशोधन गर्न समिति निर्माण गर्न लागिएको प्रति अनेरास्ववियुको आपत्ति रहेको जनाएको छ ।

त्रिविलाई प्राज्ञिक क्षेत्र नभई आफू निकटतम व्यक्तिहरूको भर्तीकेन्द्र नबनाउन र आफूहरूले उठान गरेका विषयवस्तुमा गम्भीर नदेखिए अनेरास्ववियु जस्तोसुकै आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

त्रिवि कार्यकारी परिषद् मार्फत शिक्षक नियुक्ति तथा बढुवा सम्बन्धी कार्यविधि, २०७५ (संशोधित २०८० असोज २१ गते) त्रिवि सेवा आयोगको वेबसाइटमा राख्न समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?