Comments Add Comment

आलिया भट्ट

List Grid
‘जी ले जरा’मा प्रियंका, आलिया र कट्रिना एकसाथ

बलिउडका ३ सुपरस्टार नायिकाहरु एकसाथ पर्दामा देखिदा दर्शकका लागि पक्कै पनि विशेष नै हुन्छ । बलिउडका ३ सफल नायिकाहरु प्रियंका चोपडा, कट्रिना कैफ र आलिया भट्ट अब एकसाथ पर्दामा देखिने भएका छन् । फरहान अख्तर र रितेश सिधवानले मिलेर बनाउन लागेको यो चलचित्रमा बलिउडका सर्वाधिक सफल नायिकाहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । […]

सकियो आलिया र संजयको ‘गंगुबाई काठियावाडी’को छायांकन

नायिका आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकिएको छ । चलचित्रको निर्माणपक्षले मुम्बइको फिल्म सिटीमा बाँकी रहेको छायांकन पुरा गरेको हो । भारतका दोश्रो चरणको कोरोना माहामारीका कारण यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन बाँकी रहेको थियो । तर, भारतमा लकडाउन चलिरहेको समयमा यसको निर्माणपक्षले छायांकन सकेको हो । नायिका […]

२८ बर्षमा आलिया, करण जोहरको घरमा बर्थडे पार्टी

बलिउड नायिका आलिया भट्ट आजबाट २८ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९९३ मार्च १५ मा आलियाको मुम्बइमा जन्मिएको हो । निर्देशक महेश भट्ट र सोनी राजदानको कोखबाट जन्मिएकी आलियाले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट बलिउडमा पाइला राखेकी हुन् । उनले यो चलचित्रका लागि १६ केजी तौल घटाएकी थिइन् । यो चलचित्रका लागि ४ सय […]

अब आलियाको आफ्नै होम प्रोडक्शन

बलिउडमा कलाकारहरुले आफ्नै होम प्रोडक्शन खोल्ने र चलचित्र तथा वेव सिरिज बनाउने लहर नै चलेको छ । नायिका दीपिका पादुकोणले आफ्नै होम प्रोडक्शन संचालन गरेर चलचित्र निर्माणमा हात हालेकी छिन् । अब, नायिका आलिया भट्टले पनि होम प्रोडक्शन संचालनमा ल्याएकी छिन् । आलियाले सामाजिक संजालबाट यसको बारेमा जानकारी दिदै होम प्रोडक्शन सुरु गर्न पाउँदा खुशी […]

‘गंगुबाई काठियावाडी’को टिजरमा आलियाको प्रशंसा

नायक सुशान्त सिंह राजपुतको निधन भएपछि बलिउडमा नेपोटिज्मको बहस खुबै चर्कियो । यो बहसको निशानामा परिन् नायिका आलिया भट्ट । आलियाको चलचित्र बहिष्कार गर्नुपर्ने माग उठ्यो । उनले अभिनय गरेको चलचित्र ‘सडक २’को ट्रेलर र गीतमा लाइक भन्दा डिसलाइक धेरै आयो । चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज भयो । बलिउडमा नेपोटिज्मको बहस यसरी चर्किएको थियो कि, […]

बक्स अफिसमा प्रभाष र आलियाको भिडन्त

साउथका नायक प्रभाषको क्रेज सिंगो भारतमा बढेको छ । चलचित्र ‘बाहुबली र बाहुबली २’ले भारतमा धुम मच्चाएपछि प्रभाषको माग चुलिएको हो । उनै, प्रभाषले अभिनय गरेको चलचित्र ‘राधे श्याम’ जुलाइको ३० तारिखबाट रिलिज हुने पक्का भैसकेको छ । यो चलचित्र विभिन्न ४ भाषामा रिलिज हुँदैछ । तर, अब यो मितिमा नायक प्रभाषलाई नायिका आलिया भट्टले […]

साहरुखको ‘डार्लिग्स’मा आलिया

नायक साहरुख खान र नायिका आलिया भट्टले चलचित्र ‘डियर जिन्दगी’मा काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्यो । चलचित्रमा साहरुख र आलियाको केमेष्ट्रीलाई पनि रुचाइयो । अब, साहरुख र आलिया फेरि नयाँ चलचित्रको लागि सहकार्य गर्दैछन् । चलचित्रमा साहरुख र आलियाको केमेष्ट्री भने देख्न पाइने छैन । साहरुखको ब्यानर रेड चिल्ली […]

करणको लभ स्टोरी फिल्ममा आलिया र रणवीर

नायक रणवीर सिंह र नायिका आलिया भट्टले यसअघि चलचित्र ‘गल्ली ब्वाई’मा काम गरेका थिए । यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई मात्र गरेन, आलिया र रणवीरको करिअरलाई पनि धेरै फाइदा गर्यो । अब, यो जोडी फेरि पर्दामा फर्किने तयारीमा छ । निर्देशक करण जोहरको निर्देशनमा बन्न लागेको एक चलचित्रमा आलिया र रणवीरले काम गर्न लागेको […]

जान्हवी कपुरले किनिन् ३९ करोडमा नयाँ घर

बलिउडमा कलाकारहरुले महंगो घर किनेको खबर त नौलो होइन । गतबर्ष नायिका आलिया भट्टदेखि रणवीर कपुरले नयाँ घर किने । अब, महंगो रकममा नयाँ घर किन्ने नायिकामा जान्हवी कपुरको नाम पनि थपिएको छ । नायिका जान्हवी कपुरले मुम्बइको जुहु इलाकामा ३९ करोडमा नयाँ घर किनेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अर्या विल्डिङमा रहेको ३ […]

३२ करोडमा आलियाले किनिन् नयाँ घर

नायिका आलिया भट्टले मुम्बइमा नयाँ घर किनेकी छिन् । २४६० वर्गफिटमा फैलिएको आलियाको नयाँ फ्ल्याट नायक रणवीर कपुरको फ्ल्याट रहेको अपार्टमेन्टमा छ । रणवीर बान्द्रामा अवस्थित वास्तुपाली हिल कप्लेक्सको सातौ फ्लोरमा बस्दै आएका छन् । आलियाले पाँचौ फ्लोरमा आफ्नो नयाँ फ्ल्याट किनेकी हुन् । भारतीय मिडियाका अनुसार, आलियाले ३२ करोड रकम खर्च गरेर नयाँ फ्ल्याट […]

आलियाको ‘गंगुबाई काठियावाडी’को छायांकन सुरु

भारतमा कोरोना महामारी कम भएको छैन । दैनिक ६० हजार भन्दा धेरै संक्रमित देखिएका छन् । तर, पनि बलिउड चलचित्रको छायांकन भने सुरु भएको छ । नायिका आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सुरु भएको छ । चलचित्रको छायांकन आउँदो बर्षको जनवरी महिनासम्म पुरा गर्ने योजना निर्देशक संजयलिला भन्सालीको छ । यो […]

‘सडक २’को ‘तुम से हि’ गीतमा डिसलाइक धेरै

बलिउडमा गर्मिएको नेपोटिज्मको बहसले धेरै कलाकारको करिअर नै धरापमा पारिदिएको छ । यसको सबैभन्दा ठूलो मारमा नायिका आलिया भट्ट र उनको परिवार देखिएको छ । मुकेश भट्टको निर्माण तथा महेश भट्टको निर्देशनमा बनेको चलचित्र ‘सडक २’माथि दर्शकको आक्रोश पोखिएको छ । यो चलचित्रको ट्रेलरमा १ करोड भन्दा बढी डिसलाइक आएको छ । अब, यसको निर्माणपक्षले […]

‘सडक २’ ट्रेलरमा ६० लाख ‘डिसलाइक’ किन ?

बलिउड चलचित्र ‘सडक २’ले युटुबमा सर्वाधिक धेरै डिसलाइक पाउने चलचित्रको रेकर्ड नै बनायो । सार्वजनिक भएको २४ घन्टा पनि नवित्दै यो चलचित्रको ट्रेलरलाई दर्शकले बहिष्कार गरेको सन्देश दिएका छन् । नायिका आलिया भट्ट, नायक संजय दत्त र आदित्य रोय कपुरको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलरमा ६० लाख डिसलाइक आउनु के यसको बिषयवस्तु नै कमजोर रहेर […]

आलियाको ‘सडक २’ ट्रेलरले राख्यो ‘डिसलाइक’को रेकर्ड

बलिउड नायिका आलिया भट्ट अभिनित चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गरेका छन् । आलिया बलिउडमा पछिल्लो समयकी सफल नायिका हुन् । तर, नायक सुशान्त सिंह राजपुतको निधनपछि सुरु भएको नेपोटिज्मको बहसले आलियालाई सर्वाधिक घाटा लाग्ने देखाएको छ । दर्शकले बहिष्कार गर्न थाले भने कलाकारको स्टारडम कसरी तल झर्छ भन्ने उदाहरण, उनी अभिनित चलचित्र ‘सडक २’को […]

इन्स्टाग्राममा आलियाको १५ लाख फलोअर्स किन घटे ?

सामाजिक सञ्जाल इन्स्टाग्राम कलाकारको लोकप्रियता मापन गर्ने स्थान पनि हो । इन्स्टाग्राम अहिले कलाकारका लागि आफ्नै दैनिक गतिविधि जानकारी गराउने स्थानदेखि चलचित्रको प्रचार गर्ने राम्रो माध्यम बनेको छ। तर सामाजिक सञ्जालमा कलाकारले जति तारिफ पाउँछन्, गाली पनि उत्तिकै पाउने गरेका छन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवादको बहस सुरु भएको छ । यो […]

इन्स्टाग्राममा आलियाका ९ लाख फलोअर्स घटे

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनसँगै ‘परिवारवाद’को मुद्दा चर्किएको छ । योसँगै बलिउडमा ‘परिवारवाद’को पछि लाग्ने र राम्रा कलाकारलाई अवसर नदिने भन्दै केही निर्माता र कलाकारलाई दर्शकले बहिष्कारको चुनौती समेत दिन थालेका छन् । ‘परिवारवाद’ भएको भन्दै जारी विरोध शैली सामाजिक सञ्जालमा सबैभन्दा बढी देखिएको छ । यो मुद्दामा नायिका आलिया भट्टको सबैभन्दा धेरै आलोचना […]

‘ब्रह्माश्त्र’को पारिश्रमिकमा रणवीर र आलियाले दिए छुट

कोरोनाका कारण बलिउड निकै प्रभावित बनेको छ । चलचित्रजन्य हरेक क्रियकलापहरु रोकिएका छन् । त्यसको प्रभाव चलचित्रसँग जोडिएका जो कोहीलाई पनि परेको छ । कोरोनाका कारण रिलिजको तयारीमा रहेका चलचित्र रिलिज हुन पाएनन्, छायांकनको अन्तिम चरणमा पुगेका चलचित्रको छायांकन रोकियो । हलहरु बन्द भए, चलचित्रकर्मी बेरोजगार । चलचित्रको छायांकन रोकिदा निर्मातालाई भने ठुलो घाटा लागेको […]

आलियाको हातमा ‘ब्याक टू ब्याक’ फिल्म

पछिल्लो समय नायिका आलिया भट्टको क्रेज बलिउडमा खुबै देखिन्छ । आलिया निरन्तर एक पछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । उनी कहिल्यै खाली हात बस्नु परेको छैन। आलिया अभिनित केही चलचित्र छायांकनको क्रममा थिए । प्रेमी रणवीर कपुरसँग स्कृन सेयर गरेको चलचित्र ‘ब्रह्मास्त्र ’ छायांकनको अन्तिम चरणमा थियो । तर, कोरोनाको कारण यस चलचित्रको छायांकन […]

भन्सालीको ‘बैजु बावार’मा रणवीर र आलियाको जोडी

अहिले बलिउडमा सम्पूर्ण चलचित्रको काम रोकिएको छ । लकडाउनका कारण सम्पूर्ण चलचित्रको रिलिज तथा छायांकन पनि रोकिएको छ । कोरोनाका कारण चलचित्र बजार ६ महिना पछाडि धकेलिएको धेरैले अनुमान गरिहरेका छन् । सफल निर्देशक संजयलीला भन्साली पनि ‘गंगुबाई काठियावाडी’को छायांकनको तयारीमा थिए । चलचित्रको लागि सेट तयार भइसकेको थियो । चलचित्रमा उनले आलिया भट्टलाई लिड […]

नष्ट हुँदैछ ६ करोड खर्चमा बनेको ‘गंगुबाई’को सेट ?

कोरोनाबाट बच्नको लागि अहिले अधिकांश देशहरु लकडाउनमा छन् । भारत पनि लामो समयदेखि लकडाउन छ । त्यसैले बलिउडमा पनि चलचित्रजन्य कुनै कामहरु पनि हुन पाएको छैन । अहिले सम्पूर्ण कलाकारहरु आफ्नो परिवारको साथ रमाइरहेका छन् । निर्देशक संजयलीला भन्साली नयाँ चलचित्र निर्देशनको तयारीमा थिए । अभिनेत्री  आलिया भट्टलाई मुख्य भूमिकामा प्रस्तुत गरेर उनले चलचित्र ‘गंगुबाई […]

एसएस राजमौलीलाई प्रश्न: ‘आरआरआर’मा आलियालाई किन छान्नुभयो ?

‘बाहुबली’ फ्रेम्ण्ड निर्देशक एसएस राजमौली नयाँ चलचित्र ‘आरआरआर’ लिएर दर्शकमाझ आउँदैछन् । यस चलचित्रलाई दर्शकले प्रतिक्षित चलचित्रको रुपमा हेरेका छन् । चलचित्रमा दक्षिण भारतीय चलचित्रमा आफ्नो गतिलो स्थान बनाएका दुई नायक जुनियर आरटीआर र रामचरण मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । चलचित्रमा बलिउड नायिका आलिया भट्टले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छिन् । यस्तैमा, चलचित्रको लागि […]