+
+
Shares

नेटफ्ल्क्सिको २१५ करोड भारुको प्रस्ताव अस्वीकार, ‘अल्फा’ हलमै आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १३:१०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाईआरएफ स्पाइ युनिभर्सको फिल्म 'अल्फा' सिनेमाघरमै १७ अप्रिल २०२६ मा रिलिज हुने भएको छ।
  • निर्माताले नेटफ्लिक्सको २१५ करोड भारु स्ट्रिमिङ प्रस्ताव अस्वीकार गरी फिल्मलाई थिएटरमा प्रदर्शन गर्ने निर्णय गरेका छन्।
  • फिल्ममा आलिया भट्ट र शरवरी वाघ मुख्य भूमिकामा छन् भने, आलिया र बबी देओलबीच क्रिएटिभ मतभेद भएको चर्चा छ।

मुम्बई । बलिउडको ‘वाईआरएफ स्पाइ युनिभर्स’ को प्रतीक्षित फिल्म ‘अल्फा’ मा आलिया भट्ट र शरवरी वाघ मुख्य भूमिकामा देखिँदैछन् । फिल्मको घोषणा सन् २०२४ मा गरिएको थियो र २०२५ मा रिलिज गर्ने योजना पनि थियो ।

तर पछि प्रदर्शन मिति सारियो र फिल्म सिधै ओटीटीमा आउने चर्चा चलेको थियो । यद्यपि, यसबारेको एक नयाँ रिपोर्टले भने फिल्म सिनेमाघरमै प्रदर्शनमा आउने बताएको छ ।

निर्माताले ओटीटी रिलिजको योजना परिवर्तन गरेका हुन् । ‘भेराइटी इन्डिया’ का अनुसार, यशराज फिल्म्सलाई नेटफ्लिक्ससँग करिब २१५ करोड भारु स्ट्रिमिङ सम्झौताको प्रस्ताव आएको थियो, जसअनुसार फिल्म सिधै ओटीटीमा आउने थियो ।

तर निर्माण कम्पनीले उक्त प्रस्ताव अस्वीकार गर्दै फिल्मलाई ठूलो पर्दामै प्रदर्शन गर्ने निर्णय गरेको बताइएको छ । स्टुडियोका प्रवक्ताले ‘अल्फा’ सिनेमाघरमै रिलिज हुने पुष्टि गरेका छन् । उनले फिल्म सिधै ओटीटीमा आउने भन्ने खबरलाई अफवाह भन्दै खण्डन गरे ।

उनका अनुसार, यस विषयलाई गलत तरिकाले प्रस्तुत गर्ने प्रयास भइरहेको छ । साथै, वाईआरएफले आफ्ना फिल्मलाई थिएटर रिलिजभन्दा अघि ओटीटीमा नल्याउने नीति रहेको पनि उनले स्पष्ट पारे ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अल्फा’ लाई निकै विशेष फिल्म बनाउने प्रयास भइरहेको छ । यसमा देशकै शीर्ष अभिनेत्रीमध्ये एक आलिया भट्ट मुख्य भूमिकामा छन् भने प्रतिभाशाली अभिनेत्री शरवरी पनि देखिनेछिन् ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामीले राम्रो फिल्म बनाएका छौं भन्नेमा विश्वास छ र दर्शक पूर्णरूपमा मनोरञ्जित हुनेछन् । अन्य एक्सन फिल्मझैँ यसलाई पनि दर्शकले माया गर्ने अपेक्षा गरिएको छ ।’

यो फिल्मलाई लिएर केही दिनअघि अर्को अपडेट पनि बाहिर आएको थियो । आलिया र बबी देओलबीच मनमुटाव भएको चर्चा गरिएको थियो । आलियाले केही क्रिएटिभ सुझाव दिएको भनिएको थियो, जुन बबीलाई मन परेन र त्यसकै कारण उनीहरूबीच असहजता पैदा भएको बताइयो ।

फिल्म १७ अप्रिल २०२६ मा रिलिज हुने तयारीमा छ । यही मितिमा सलमान खानको ‘ब्याटल अफ गलवान’ पनि प्रदर्शनमा आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?