+
+
Shares

निर्वाचन आयोगलाई प्रश्न : मतदान केन्द्रमा कर्मचारीको खटनपटन कसले गर्छ ?

मतदान केन्द्रमा काम गर्ने कर्मचारीको खटनपटनबारे मतदाताले चासो राखेका छन् । निर्वाचन आयोगका अनुसार कल सेन्टरमा यसबारे प्रश्न आएको छ । जसमा भनिएको छ, ‘मतदान केन्द्रमा काम गर्ने कर्मचारीको खटनपटन कसले गर्छ ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १३:१०

१२ फागुन, काठमाडौं । मतदान केन्द्रमा काम गर्ने कर्मचारीको खटनपटनबारे मतदाताले चासो राखेका छन् । निर्वाचन आयोगका अनुसार कल सेन्टरमा यसबारे प्रश्न आएको छ । जसमा भनिएको छ, ‘मतदान केन्द्रमा काम गर्ने कर्मचारीको खटनपटन कसले गर्छ ?’

मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन आयोगमा कल सेन्टर छ । निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहे निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ ।

माघ ५ गते स्थापना भएको कल सेन्टरमा मतदाताले दिनहुँ जिज्ञासा तथा प्रश्नहरू गरिरहेका छन् । यस्तैमा मतदान केन्द्रमा काम गर्ने कर्मचारीको खटनपटनबारे मतदाताले चासो राखेका हुन् ।

निर्वाचन आयोगले ‘आफ्नो निर्वाचन क्षेत्रभित्र निर्वाचन सम्पन्न गराउने प्रयोजनार्थ हरेक मतदान केन्द्रमा कर्मचारी खटाउने काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्ने’ जवाफ दिएको छ ।

आयोगका अनुसार यसरी खटाइने कर्मचारीहरुको अद्यावधिक विवरण जिल्ला निर्वाचन कार्यालयबाट तयार गरी प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला जनशक्ति व्यवस्थापन समन्वय समितिसमक्ष पेस गरिन्छ ।

जिल्ला जनशक्ति व्यवस्थापन समन्वय समितिले उक्त विवरणको सम्बन्धमा आवश्यक निर्णयसहित स्वीकृत गरी प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उपलब्ध गराउँछ । तत्पश्चात् सोही सूचीबाट मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले हरेक मतदान केन्द्रमा कर्मचारी खटाउने गर्दछन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०८२ ले यो निर्वाचनमा जनशक्ति व्यवस्थापन के कसरी गर्ने भन्ने सम्बन्धमा यी लगायतका व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?