१० फागुन, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार गर्दा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई अनुरोध गरेको छ ।
निर्वाचन आयोगले आइतबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल वा उम्मेदवारसँग यस्तो आग्रह गरेको हो ।
कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी आफ्नो निर्वाचन चिह्न भने प्रयोग गर्न सक्ने आयोगले जनाएको छ ।
आयोगले तोकेको मापदण्ड विपरीत कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेको भौतिक स्वरूपका निर्वाचन चिह्न लिएर निर्वाचन प्रचारप्रसार गर्दा सुरक्षा जोखिम बढ्ने आयोगको भनाइ छ ।
चुनावमा भाग लिने राजनीतिक दल वा उम्मेदवारले यस्ता किसिमका भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रसाचरप्रास गर्दा आम जनमानसमा सुरक्षामा असर पर्ने आयोगको बुझाइ छ ।
साथै निर्वाचन आचारसंहितामा तोकिए बमोजिमको मापदण्ड बमोजिम दलको झण्डा र चुनाव चिह्नको माध्यमबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगले अनुरोध गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया 4