८ फागुन, काठमाडौं । २१ फागुनको निर्वाचनमा ४१ वटा संस्थाले पर्यवेक्षण गर्दैछन् ।
निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार राष्ट्रियतर्फका ३७ वटा र अन्तर्राष्ट्रियतर्फ चार वटा गरी ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरिएको छ ।
आयोगले अनुमतिप्राप्त संस्थाका करिब चार हजार तीन सय जना पर्यवेक्षकका लागि परिचयपत्र जारी गरिसकेको सहायक प्रवक्ता पुनले जानकारी दिइन् ।
उनका अनुसार निर्वाचनको स्वच्छता प्रवर्धन, पारदर्शिता अभिवृद्धि तथा लोकतान्त्रिक वैधता सुनिश्चित गर्न आयोगले निर्वाचन पर्यवेक्षणलाई महत्वका साथ अघि बढाइरहेको छ ।
अनुमति पाएका संस्थाका तर्फबाट पर्यवेक्षकको नाम प्रविष्ट गर्ने कार्य सम्पन्न भएपछि आयोगले संस्थाका प्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम राखेको थियो । त्यसपछि अनुमतिप्राप्त संस्थाका चार हजार तीन जना पर्यवेक्षकका लागि परिचयपत्र जारी गरिएको हो ।
प्रतिक्रिया 4