+
+
Shares

निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता आयोजना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ।
  • प्रतियोगितामा सहभागी हुन इच्छुकले २०८२ फागुन १ देखि १७ गतेभित्र भिडियो आयोगको इमेलमा पठाउनुपर्नेछ।
  • उत्कृष्ट तीन भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । आयोगले निर्वाचन प्रचार-प्रसार, आचारसंहिता र मतदाता शिक्षासम्बन्धी विषयमा एक मिनेटसम्मको भिडियो तयार पारेर सामाजिक सञ्जालमा राख्न सर्वसाधारणलाई आह्वान गरेको हो ।

आयोगका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले आफ्नै टिकटक, फेसबुक वा युट्युब च्यानलमा भिडियो पोस्ट गरी २०८२ फागुन १ गतेदेखि १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्नेछ ।

प्राप्त भिडियोमध्ये सबैभन्दा बढी भ्युज पाउने उत्कृष्ट तीन भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ ।

भिडियो ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’ को सन्दर्भमा आधारित हुनुपर्नेछ । भिडियो संवादात्मक र सन्देशमूलक हुनुपर्नेछ भने मौलिक अडियो र अभिनय भएका सामग्रीलाई प्राथमिकता दिइने जनाइएको छ ।

निर्वाचनको महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, मतदाताको अधिकार-कर्तव्य, आचारसंहिताको पालना तथा उपयुक्त उम्मेदवार छनोटजस्ता विषय समेटेर भिडियो बनाउन सकिने आयोगले स्पष्ट पारेको छ ।

एउटै व्यक्तिले एउटै विषयमा एक भिडियो मात्र पठाउन सक्ने व्यवस्था गरिएको छ, तर समूहमा मिलेर भिडियो बनाउन भने पाइनेछ । आयोगले प्राप्त सामग्रीमाथि आफ्नो अधिकार रहने र आवश्यक परे आफ्ना सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सक्ने जनाएको छ ।

उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ र आयोगको संयुक्त मूल्याङ्कनबाट गरिनेछ । यो पहलमार्फत निर्वाचनबारे जनचेतना बढाउने र विशेषगरी युवा वर्गलाई सहभागी गराउने आयोगको लक्ष्य रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?