News Summary
Generated by OK AI. Editorially reviewed.- चर्चित हास्यकलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे अमेरिकाबाट कलाकर्ममा सक्रिय बनेका छन्।
१२ फागुन, काठमाडौं । चर्चित हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अमेरिकाबाट कलाकर्ममा सक्रिय बनेका छन् । झण्डै ३ महिना अघि अमेरिका पुगेका उनीहरू एकपछि अर्को व्यवसायिक विज्ञापनमा देखिएका छन् ।
नेपाली उत्पादन खाध्यसामाग्री तथा औषधीय सामग्री निर्यात गर्ने ट्रु हिमालय फुडसको विज्ञापन यो जोडीले आज सार्वजनिक गरेका हुन् ।
हास्य टेलिश्रृंखला मेरी बास्सैको चर्चित पात्र धुर्मुस-सुन्तलीकै गेटअपमा उनीहरू अभिनयमा फर्किएका छन् । अमेरिकाको नर्थ क्यारोलिनाको एक मोबाइल सम्बन्धी कारोबार गर्ने एभरेष्ट फोनको विज्ञापनबाट उनीहरू कलाकर्ममा फर्किएका हुन् । अमेरिका पुगेर उनीहरूले गरेको यो पहिलो व्यावसायिक काम हो ।
अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा रहेर छोरी सुविहानी कट्टेलको उपचार समेत गराइरहेका सीताराम भन्छन्, ‘जहाँ गयो त्यहीँ आफ्नो क्षेत्रमै सक्रिय रहन सकौ भन्ने हो ।’ उनका अनुसार केही अन्य विज्ञापन तथा म्युजिक भिडियो छायांकनका क्रममा रहेको र अन्य क्षेत्रबाट पनि कामका लागि अनुरोध आइरहेको कट्टेलले जानकारी दिए ।


प्रतिक्रिया 4